४ वैशाख २०८१ मंगलबार
राजनीति

मतदान गर्न किरियापुत्रीको लर्को (फोटो फिचर)

धरान – किरियापुत्री बसेका दर्जन मतदाताहरूले धरान उपमहानगरपालिका ६ स्थित एउटै मतदान केन्द्रमा मतदान गरेका छन्। 

ऐतिहासिक प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भएकोले आफ्नो मताधिकार सुरक्षित गर्न र योग्य उम्मेदवार चयन गर्न मतदान गरेको किरियापुत्री बसेका मतदाताहरूले बताएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने सरस्वती उच्चमाविस्थित मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन्। 

किरियापुत्री बसेका बेला मतदान गर्नेहरूमा विनोद विश्वकर्मा र उनकी श्रीमती देविका विश्वकर्मा, रणध्वज लोहार र उनकी श्रमती माया विश्वकर्मा हुन् । बिनोद र रणध्वजका बुबा रामबहादुरको देहान्त भएपछि उनीहरु किरियापुत्री बसेका हुन् । यस्तै, आमा रुक्मिणादेवी अधिकारीको मृत्यु भएपछि किरिया पुत्री बसेका छोरा हरिकृष्ण अधिकारी र श्रीमती जमुना अधिकारीले पनि बुधबार मतदान गरेका हुन् । यसैगरी, आमा यशोदा कटवालको किरियापुत्री बसेका नैनबहादुर कटवाल र श्रीमती हर्कमाया कटवाल, चन्द्रबहादुर कटवाल र श्रीमती दुर्गा कटवाल, शिव कटवाल र श्रीमती कमला कटवालले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए।

नयाँ संविधान कार्यान्वयनको लागि ऐतिहासिकरुपमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएकोले मतदान गर्न आएको किरिया पुत्री बसेका विनोद विश्वकर्माले बताए। उनले भने,‘यो ऐतिहासिक घडी हो । हाम्रो अधिकार सुनिश्चित गर्न, संविधान कार्यान्वयन गर्न र उपयुक्त प्रतिनिधि पठाउन पनि मतदान गर्न आयौं।’

तस्बिर सबै राेहित रार्इ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App