coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जाजरकोटमा मतगणना सुरु

जाजरकोट- पहिलो चरणमा  मंसिर १० गते निर्वाचन सकिएको  जाजरकोटमा  सवा पाँच वजे देखि  गणना सुरु भएको छ।  प्रतिनिधि सभाका लागि एक  र प्रदेश सभाको लागि दुइ क्षेत्र रहेको जाजरकोटमा  मुख्य निर्वाचन अधिकृतको कार्यालयले  दुइ दुइ बाकसमा रहेका  मतपत्रहरु मिसाएर  गणना सुरु गरेको छ । 

सुरु मा  पूर्वको नलगाडा नगरपालिका र पश्चिमको  जुनीचाँदे गाउँपालिकाका मतदान केन्द्रका दुइ दुइ बाकसहरुका मत मिसाएर  गणना सुरु गरिएको  मुख्य निर्वाचन अधिकृत  देवकुमार गिरीले बताए। उनले निकै व्यवस्थित तरीकाले मतगणनको काम सुरु गरिएको बताए। निकै कडा सुरक्षा र तारजाली भित्र सुरु गरिएको  गणनाको परिणाम  दुइ दुइ घन्टामा  दिने गरि  तालिका मिलाइएको  छ ।  यस पटक  जाजरकोटमा  ७२.५५ प्रतिसत अर्थात कुल  ८३ हजार ९ सय ३७ मतदाता मध्य  ६० हजार  ८ सय  ९७ मत खसेको छ। प्रतिनिधि सभाको  लागि  वाम गठवन्धनको तर्फवाट पूर्व गृहमन्त्री एवम माओवादी केन्द्रका नेता शक्तिवहादुर वस्नेत तथा   नेपाली काँग्रेसको तर्फवाट राजीवविक्रम शाह प्रतिष्पर्धामा  छन्।

प्रकाशित: २१ मंसिर २०७४ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App