coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

हुम्ला – प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन्। 

एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन्। वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्यारहेका छन्। त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन्। हालसम्म १३८ मत बदर भएको पाइएको छ। 

त्यस्तै एक हजार २७३ मतगणना हुँदा प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा एमालेका दल रावलले ८६१ मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका थानबहादुर रोकायाले ३१३ मत प्राप्त गरेका छन्। नयाँ शक्ति पार्टी नेपालका धर्मराज ऐडीले २० मत प्राप्त गर्नुभएको छ र ७७ मत बदर भएको छ । प्रदेशसभा (ख) को शुक्रबार मात्र मतगणना हुने बताइएको छ। 

प्रकाशित: २१ मंसिर २०७४ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App