७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्याङ्जाको तुल्सीभञ्ज्याङमा हवाई फायर

वालिङ – गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदान प्रक्रिया स्थगन भई पुनः सञ्चालन भएको मतदान अधिकृत युक्तबहादुर बोगटीले जानकारी दिए। 

जिल्लाका अन्य मतदानस्थलमा पनि भनाभन तथा झैझगडाबाहेक मतदान शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित: २१ मंसिर २०७४ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App