६ वैशाख २०८१ बिहीबार
राजनीति

बागलुङमा मतारन्तर फराकिलो पार्दै बाम गठबन्धन

बागलुङ– बागलुङमा बाम गठबन्धनले मतान्तर फराकिलो पार्दै लगको छ । बागलुङको दुई वटै प्रतिनिधि सभामा दुई हजार बढी मतले बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभातर्फ बागलुङ क्षेत्र नम्बर १ मा एमालेका सूर्य पाठकले ११९९० मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार चम्पादेवी खड्काको ८१०० मत छ । क्षेत्र नम्बर १ को प्रदेश क मा एमालेका इन्द्रलाल सापकोटाले ५०१२ मत ल्याएर अग्रता कायम गरेका छन् ।

कांग्रेसका दिपेन्द्र थापाले ३८६१ मत ल्याएका छन् । प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ४७३२ मत र कांग्रेका प्रकाश शर्मा पौडेलले ३३५६ मत पाएका छन् । क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेल ९०५७ मतसहित अगाडि छन् ।

कांग्रेसका नरबहादुर पुन ‘निरज’ले ६८७४ ल्याएका छन् । क्षेत्र नम्बर २ को क मा माओवादी केन्द्रका चन्द्र बुढा सागरले ४९९८ मत र कांग्रेसका मञ्जेश बम मल्लले ४४५० मत पाएका छन् । क्षेत्र नम्बर २ को प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ६५५३ मतसहित अग्रता कायम गरेका छन् भने कांग्रेसका जीत शेरचनले ४०६७ मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित: २२ मंसिर २०७४ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App