५ वैशाख २०८१ बुधबार
समाज

डलेल्धुरामा मतपेटिका बोकेको गाडी लक्षित गरी बम विस्फोट

डडेल्धुरा – डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। 

आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बम विस्फोटबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए। 

त्यसैगरी भित्रीमधेशकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ । अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अहिलेसम्म ११७ वटा मतदान केन्द्र मध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी गराए । 

प्रकाशित: २२ मंसिर २०७४ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App