७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु

जकार्ता – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ। 

प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो। 

हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए। सोही बमोजिम इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूताबासको अगाडि हजारौँको संख्यामा उपस्थित भएर विरोध गरेका बताइएको थियो। 

आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि विरोध गर्न उनीहरुले आह्वान गरेका थिए। 

उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसागर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताए । 

उनले अमेरिकी राष्ट्रपतिको बुधबार घोषणा गरिएको कदमलाई “ऐतिहासिक” भनी प्रशंसा गरेका छन्। तर अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्रहरुले भने विरोध गरेका छन्। 

इस्लामिक समूहका हजारौँ नागरिकले अरुतिर पनि अमेरिकाको उक्त निर्णयको व्यापक मात्रामा विरोध गरेका समाचारहरू प्राप्त भएका छन्। 

प्रकाशित: २२ मंसिर २०७४ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App