८ वैशाख २०८१ शनिबार
प्रवास

लन्डनमा गुञ्जियो पानको पात

लन्डन—लोकगायक बमबहादुर कार्की तथा गायिका शिव आलेले लन्डनमा सांस्कृतिक कार्यक्रम प्रस्तृत गरेका छन्। बेलायतको दुई साता भ्रमणमा आएका कार्कीले गत शनिवार लन्डनको फेलथाममा आयोजित एक कार्यक्रममा आफ्ना पुराना कालजयी गीतले दर्शकलाई मन्त्रमुग्द पारेका थिए।

गायकद्वयको ‘पानको पात’, ‘खोलापारी नीरमाया वारी म रुने’ र भजनलगायतका पुराना र नयाँ पुस्ताले भरपूर मनोरञ्जन लिएका थिए। कार्यक्रममा कार्कीले अहिले जमना मिडियाको भएकाले आफूहरु पछि परेको अनुभूत भएको अभिव्यक्ति दिए। तापनि आफ्नो पेशामा निरन्तर लागि रहेको उनले बताए ।

क्षेत्री समाज बेलायतले आयोजना गरेको बार्षिक कार्यक्रममा बोल्दै बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली भेषभूषा तथा सांस्कृतिको प्रर्वद्धनका लागि बेलायतस्थित नेपाली समूदायले निर्वाह गरेको भूमिकाको खुलेर प्रसंशा गरे।

अध्यक्ष धनबहादुर कुवँरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत पत्रकार, बुद्धिजीवीहरुको उपस्थिति थियो। कार्यक्रममा बाग्लुङे नौमति बाजाको बिशेष प्रस्तुतिबाट धेरैले मनोरञ्जन लिएका थिए।

कार्यक्रममा बेलायतमा रहेर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने सफल क्षेत्री बन्दुहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। आफ्नो ४ बर्षे कार्यकाल सकेर नेपाल फर्किन लागेका बेलायतका लागि कार्यवाहक राजदूत क्षेत्रीको विदाइसमेत गरिएको थियो।

प्रकाशित: ६ असार २०७३ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App