१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै

बैतडी –बैतडीमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । शुक्रबार दिउँसो साढे दुई बजेसम्मको मत परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा ३ हजार ३ सय ५ मतले अग्रता लिएको छ ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका दामोदर भण्डारी १२ हजार ७ मतसहित अग्रस्थानमा छन्। भण्डारीलाई ८ हजार सात सय २ मत सहित कांग्रेसका नरबहादुर चन्दले पछ्याइरहेका छन् । अन्य दल भने ति दुवै उम्मेदवारभन्दा धेरै पछाडि छन्। विवेकशील साझाका नारायणदत्त अवस्थीले १ सय ५६ मत ल्याएका छन् ।

प्रदेशसभा (क) मा वाम गठबन्धन लोकतान्त्रिकभन्दा दुई हजार ६ सय ३८ मतले अघि छन् । प्रदेशसभा (क) मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट १० हजार ९ सय ९३ र कांग्रेसका हरिमोहन भण्डारीले ८ हजार तीन सय ५५ मत पाएका छन् । प्रदेशसभा (ख) मा एमालेका लीलाधर भट्ट लोकतान्त्रिक गठबन्धनभन्दा तीन हजार एक सय ४० मतले अगाडि छन् । भट्टले १२ हजार ३८ मत र राप्रपाका गणेश चन्दले ८ हजार ८ सय ९८ मत ल्याएका छन्।

खसेको ७६ हजार तीन सय ४३ मतमध्ये हालसम्म करिब २२ हजार मत गणना सकिएको छ। प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभाको आज रातीसम्म र प्रतिनिधिसभाको भोलीसम्म परिणाम आउने मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए ।

प्रकाशित: २२ मंसिर २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App