८ वैशाख २०८१ शनिबार
समाज

विपन्नको सुविधामा जिविसको रजाइँ

महेशपुरपतार(सिरहा)–बिपन्न समुदाय लक्षित पोषण कार्यक्रम ‘सुनौला हजार दिन’ को बजेट भ्रष्टाचार गर्नमा जिल्ला विकास समितिकै संरक्षण रहेको पाइएको छ। एउटा कार्यक्रम सम्पन्न नहुँदै अर्को बजेट निकासा दिएर जिल्ला विकासले भ्रष्टाचारलाई बढावा दिँदै आएको पाइएको छ।

जिल्ला विकास समितिको लेखा शाखाले कमिसन थापेर हुँदै नभएको कामको बजेट निकासा दिइरहेको तथ्य जिल्लास्तरीय अनुगमन टोलीले फेला पारेको छ। सुनौला हजार दिन कार्यक्रमको जिल्ला संयोजक विजय यादव समक्ष महेशपुरपतारका स्थानीयले गुनासो गरे,‘गाविसदेखि जिल्ला विकाससम्म कमिसन बुझाउँदै विपन्नको सुविधा रकम झ्वाम भैरहेको छ।’

आर्थिक वर्ष ०७१/७२ मा जिल्ला विकास समितिबाट महेशपुरपत्तार गाविसमा सुनौलो हजार दिन कार्यक्रमकालागि  २६ लाख ८२ हजार रकमको ‘सयदिने’ कार्यक्रम स्वीकृत भयो। स्वीकृत कार्यक्रम अनुसार ६ वटा वडाको २ सय ३० लक्षित घरधुरमा चर्पी निर्माण गर्न पाँच हजारका दरले प्रोत्साहन सहयोग उपलब्ध गराउनु पर्ने थियो। बाँकी तीन वडाको १ सय ६५ लक्षित घरधुरीमा प्रति घरधुरी दुई वटाका दरले अण्डा पार्ने हाँस वितरण गर्ने कार्यक्रम थियो। तर तीन वटा वडामा हाँस नै वितरण नगरी रकम झ्वाम पारियो। बाँकी वडामा कसैलाई दुई त कसैलाई चारवटा रिंग वितरण गरी चर्पी निर्माणको रकम दमपच गरियो, स्थानीय देबरई देबी दाशले बताइन।

जिल्ला विकास समितिको समाजिक शाखा प्रमुख अरुण साह र सुनौला हजार दिन कार्यक्रमका जिल्ला संयोजक विजय यादव सहितको अनुगमन टोलीले यो गाउँमा संचालित कार्यक्रम अनुगमन गर्न जादा लक्षित समूह, लक्ष्य टोली र स्थानीय वुद्धिजिविले एकै स्वरमा भने,‘ विपन्न समुदायको सुविधाका लागि आएको बजेट गाविस, कोच र जिविस मिलेर खादै आएको छ।’

कार्यक्रमका जिल्ला संयोजक यादवले भने,‘महेशपुरपतार गाउँमा कार्यक्रम नै नगरी रकम अनियमितता गरेको पाइएको छ।’ अघिल्लो वर्षको कार्यक्रम नै नगरी लक्ष्मीपुर गाविसको प्राविधिक सहायक रामनारायण मण्डल मार्फत मूल्याँकन गराइएको पाइको छ यादवले भने,‘यहाँ कार्यक्रमको रकममा धेरै अनियमितता भएको देखियो।’

कार्यक्रम कार्यविधि अनुसार कार्यक्रमको उपलब्धी सहितको तीन थान रिपोर्ट जिल्ला विकासमा बुझाउनुपर्छ । स्वीकृत कार्यक्रमको प्रथम किस्ता(३० प्रतिशत) रकम बराबरको काम गाविसका प्राविधिक सहायकबाट सम्पन्न भएको मुल्यांकनसहितको उपलब्धी प्रतिवेदन बुझाएपछि मात्र दोस्रो किस्ता रकम निकासा हुने प्रावधान छ। गाविस स्तरमा कार्य भए नभएको अनुगमन गरी मूल्यांकन गर्ने जिम्मा प्राविधिक साहायकको हुन्छ।

लक्ष्मीपुरपतार गाविसका प्राविधिक सहायक मण्डलले अनुगमन टोली समक्ष भने,‘लेखा अधिकृत जयकुमार कटुवालको आदेशमा मैले अर्को गाविसमा हुँदै नभएको कामको फर्जी मूल्याँकन रिपोट बनाए ।’ महेशपुरपतार गाविसमा यही कार्यक्रम अनर्तगत चापाकल वितरण कार्यक्रमकोसमेत फर्जी फर्जी मूल्याँकन रिपोट बनाइदिएको मण्डलले टोली समक्ष सुनाएका थिए।

यही मूल्याँकन रिपोर्टका आधारमा जिल्ला विकासको लेखा शाखाले रकम निकासा गरिदिएको छ। ‘चापाकल वितरण नहुँदै बिल र मूल्याँकन रिपोट जिल्ला विकासमा पेश भएको छ। महेशपुरपतारका गाविस सचिव हरेराम साहले भने, ‘चापाकल खरिद गरिएको भ्याट विल लक्ष्मी हार्डवेयर लहानबाट बनाएर मूल्याँकन रिपोट बुझाएपछि बजेट निकासा भयो।
      
महेशपुरपतारको गाविस भवनमा ९ नम्बर वडाका लक्ष्य टोली सदस्य पतिलाल दाशले भने,‘हामी खाताधारी भएपनि रकम सम्वन्धि सबै काम कोचले नै गर्दै आएको छ ।’ कार्यक्रमको कार्यविधि अनुसार गाविसबाट लक्ष्य टोलीको खातामा बजेट निकासा भएपछि लक्ष्य टोलीले उक्त बजेट कार्यक्रममा खर्च गर्ने हो। तर यहाँ गाविसको खाताबाट दुई लाख रकम झिकेर हार्डवेयर पसलबाट १२ लाख १५ हजारको चापाकल खरिद गरेको भ्याट बिल खरिद गरी जिल्ला विकासमा बुझाइएको छ।

यो गाविसको प्रत्येक वडामा १५ थानको दरले १ सय ३५ थान चापाकल गाड्ने कार्यक्रम स्वीकृत भएको छ । जस अनुसार ९ हजारको दरले १ सय ३५ थान चापकलको १२ लाख १५ हजार र गाड्ने खर्चप्रति कल वापत १० हजार स्वीकृत भएको सचिव साहले बताए । १ सय ३५ थान कल गाड्दा २५ लाख ६५ हजार खर्च हुने उनले बताए ।

कार्यक्रमको पहिलो किस्ता (३० प्रतिशत) ८ लाख १० हजार जिविसबाट असारको अन्तिम साता यो गाविसको खातामा निकासा भएको सचिव साहले बताए । यो रकम प्रत्येक वडा स्तरीय लक्ष्य टोलीको खातामा निकासा गर्नुपर्नेमा गाविसले निकास गरेन ।

महेशपुरपतार–९ कि लक्ष्य टोली संयोजक खेमसैर दासले भनिन्,‘ कल वितरण नहुँदै कल बितरण भएको फोटो खिचेर जिल्ला विकासमा बुझाएको जानकारी पाएको छु । हाम्रो खातामा अहिलेसम्म बजेट अएको छैन।’

वडा नम्बर ९ को ५५ घरधुरीलाई हाँससहित खोर वितरण गर्ने पोहोरको स्विकृत कार्यक्रम कागजमा पूरा भैसकेपनि लाभग्राही सम्म पुगेको छैन् । कार्यक्रमको रकम सकिएपछि लाभग्राहीले सुविधा पाउन नसक्नुमा कोच दोषी रहेको लक्ष्य टोली संयोजक दासले बताइन्।

 

प्रकाशित: २२ श्रावण २०७३ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App