७ वैशाख २०८१ शुक्रबार
राजनीति

बैतडीको दुबै प्रदेशमा वाम गठबन्धन विजयी

बैतडी– प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमावाम गठबन्धनले जित हात पारेको छ । प्रदेश १ (क) मा नेकपा माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट १८ हजार ९३ मत लिएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गरेका थिए । ३८ हजार १८ मत खसेको यस प्रदेशमा तीन हजार एक सय ३६ मत बदर भएको छ ।
यस्तै प्रदेश (ख) मा नेकपा एमालेका लीलाधर भट्ट २० हजार तीन सय १८ मतसहित विजयी भएका छन् । उनका  निकट्तम प्रतिद्वन्द्वी राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गरे । ३८ हजार एक सय ५५ मत खसेको यस प्रदेशमा दुई हजार पाँच सय ९० मतबदर भएको थियो ।

प्रतिनिधिसभामा भने वाम गठबन्धनका दामोदर भण्डारीको अग्रता कायमै छ । उनलाई कांग्रेसका नरबहादुर चन्दले पछ्याइरहेका छन् । भण्डारीले ३२ हजार एक सय २० मत पाएका छन् भने चन्दले २१ हजार ४ सय २१ मत ल्याएका छन् ।

 

प्रकाशित: २३ मंसिर २०७४ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App