६ वैशाख २०८१ बिहीबार
राजनीति

दार्चुलामा बाम गठबन्धन विजयी

दार्चुला– प्रदेशसभाका दुइटै क्षेत्रमा  बाम  गठबनधनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा  निर्वाचन क्षेत्र नं. (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बु सिंह बोहरा १६ हजार ७३ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा (ख) क्षेत्रमा बाम उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामीको १२ हजार ९ सय ५६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगशीश बहादुर पालले ९ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा यसअघि नेकपा एमालेका गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मतसहित  विजयी भएका थिए  । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App