४ वैशाख २०८१ मंगलबार
राजनीति

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

दैलेख– प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसी १५ सय ९७ मतले पराजित भएका छन् । उनले जम्मा ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

त्यस्तै दैलेख क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा बामपन्थीका तर्फबाट एमाले जिल्ला अध्यक्ष रविन्द्रराज शर्माले ९ हजार ७ सय ७७ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दिपक शाही  ६ हजार ४ सय २२ ल्याएका छन् । अहिले उनीहरुविच ३ हजार ३ सय ५५ मत अन्तर छ ।
मत परिणाम आउन शनिबार रातिसम्म लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र न १ प्रदेश ख प्रदेशमा बाम गठबन्धनबाट अमरबहादुर थापाले १० हजार ५३ ल्याएका छन् भने, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार जगतजङ थापा ९ हजार ६५ मत ल्याएका छन् । बाम गठबन्धनका उम्मेदवार थापा जितको नजिक पुगेको आकलन गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभामा बाम गठबन्धनका राजबहादुर बुढाले ५ हजार ५ सय २ मत ल्याएका छन् भने काँग्रेसका शिवराज जोशीले ४ हजार ५ सय ४७ मत ल्याएका छन् । उनीहरुबीच ९ सय ५५ मत अन्तर छन् । यहाँ पनि अन्तिम मत परिणाम आउन शनिबार राति लाग्ने जनाइएको छ । २ कै प्रदेश क मा बाम गठबन्धनका सुशील थापाले ६ हजार २ सय ६० मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट मधुरविक्रम खनालले ४ हजार ४ सय ६२ मत ल्याएका छन् । उनीहरुबीच १७ सय ९८ अन्तर छ । बाम गठबन्धनकै उम्मेदवार थापाले जित्ने पक्कापक्की जस्तै देखिएको छ । ख प्रदेशबाट बामका राजबहादुर शाही ४ हजार २ सय ६९ मतले छन् भने, लोकतान्त्रिकका दिक्पाल शाही ३ हजार ५ सय २६ मतले पछाइरहेका छन् । उनीहरुबीच ७ सय ४३ मत अन्तर छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App