७ वैशाख २०८१ शुक्रबार
राजनीति

लमजुङमा वामगठवन्धनका उम्मेदवार विजयी

लमजुङ- मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट यहाँ प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

शनिबार साँझ प्रकाशित अन्तिम नतिजा अनुसार यहाँबाट गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य देवप्रसाद गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । प्रदेशसभा ‘क’ मा गठवन्धनकै साझा उम्मेदवार नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष समेत रहेका धनञ्जय दवाडी र प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।

मनाङ स्थायी ठेगाना भएका गुरुङ गठवन्धनका तर्फबाट लमजुङमा चुनाव लडेका हुन् । प्रतिनिधिसभामा कूल ७७ हजार १ सय ६५ मत खसेकोमा ३९ हजार ४ सय ६८ मतका साथ उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले ३१ हजार ६७ मत प्राप्त भएका छन् । गुरुङले ८ हजार ४ सय १ मतको फराकिलो अन्तरले घर्तीमाथि विजय प्राप्त गरेका हुन्। यस्तै, प्रदेशसभा ‘क’ मा कूल ३६ हजार ८ सय ७१ मत खसेकोमा वाम गठवन्धनका उम्मेदवार दवाडीले २० हजार २ सय ६५ मत ल्याएका छन् भने उनका उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गर्जबहादुर गुरुङले १३ हजार ८ सय ५३ मत पाएका छन्। दवाडीले ६ हजार ४ सय १२ मतको अन्तरले गुरुङलाई पराजित गरेका हुन् । प्रदेशसभा ‘ख’ मा प्रदेश नम्बर ४ मा मुख्यमन्त्रीका दावेदार गुरुङ ७ हजार ९ सय ८६ को भारी मतअन्तरले विजयी भएका छन् । गुरुङले २३ हजार ८८ मत प्राप्त गरका छन् । उनको प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार नेपाली काँगे्रसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २ मत प्राप्त गरेका छन्।

लमजुङमा कूल १ लाख १५ हजार ४ सय ४९ मत रहेकोमा ७७ हजार १ सय ६५ हजार मत खसेको थियो । त्यसमा २ हजार ५ सय ८५ मत वदर भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं १ मा कूल ५४ हजार ८ सय ९७ मत रहेकोमा ३६ हजार ८ सय ७१ मत खसेको थियो । त्यसमा १ हजार ४ सय ७४ मत वदर भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा ६० हजार ५ सय ५२ मतदाता रहेकोमा ४० हजार ३ सय २५ मत खसेको थियो । त्यसमा ८ सय ७८ मत वदर भएको छ । जिल्लामा कूल ४ हजार ९ सय ३७ मत वदर भएको छ।

 

प्रकाशित: २३ मंसिर २०७४ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App