७ वैशाख २०८१ शुक्रबार
राजनीति

पाँचथरमा वाम गठबन्धनको 'क्लीन स्वीप'

क्लीन स्वीप गरेपछि वाम जनप्रतिनिधि। तस्विरः गिरिराज

पाँचथर—पाँचथर जिल्लामा प्रतिनिधि तथा प्रदेश सभामा बाम गठबन्धनको विजय भएको छ। प्रतिनिध सभामा नेकपा (एमाले)का बसन्त नेम्वाङ, प्रदेश सभामका एमालेकै गणेक काम्वाङ र नेकपा (माओवादी) केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी भएका छन्।

आइतवार विहान प्रदेश सभाको परिणाम घोषणा गरीएको छ। प्रदेश निर्वाचन क्षेत्र न. १ मा एमालेका काम्बाङले नेपाली काग्रेसका नरेन्द्र कुमार केरुङलाई हराउदै विजयी भएका हुन्। ४ हजार ९ सय ३२ मतको अग्रताले काम्वाङ विजयी भएका हुन्। काम्बाङले २१ हजार १० मत प्राप्त गरेका थिए भने केरुङको १६ हजार ७८ मत हासिल भएको थियो।

४१ हजार ५ सय ८१ मत प्रदेश खसेको थियो । काम्वाङ दोश्रो संविधान सभा निर्वाचनमा यहि क्षेत्रबाट विजयी भएका थिए । उनी पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य हुन्। यो निर्वाचन क्षेत्रमा तेस्रो बनेको लिम्बुवान मञ्चका हर्क लिङदेनले ८ सय २१ र संघिय समाजावादिका विर्ख वहादुर वाईवाले ५ सय ७३ मत प्राप्त गरे। यस्तै प्रदेश न. २ काग्रेसका सुरेन्द्रकुमार दाहाललाई हराउदै आङबो विजयी भएका हुन्।

आङबो ४ हजार ७ सय ९१ मतको अग्रताका साथ विजयी भएका हुन्। उनले १६ हजार १ सय १७ मत प्राप्त गरे। प्रतिद्वन्दी दाहालले १२ हजार १ सय १७ मत प्राप्त गरेका थिए। आङबो ३५ बर्षमै सासद हुने भाग्यमानि भए। जनमुक्ति सेनाका पूर्व कमाण्डार समेत हुन्। उनी माओवादिका स्थानिय कमिटि सदस्य हुन्। तेस्रो बनेका संघिय सामावादिका एविराज आङदेम्बेले २ हजार ४० मत प्राप्त गरे भने लिम्बुवानका दिपेन्द्र चेम्जोङले १ हजार १ सय ५७ मत प्राप्त गरे।

यसअघि प्रतिनिधि सभामा एमालेका बसन्तकुमार नेम्वाङ विजयी भएका थिए। फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन्। नेम्वाङले ३८ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। बाम गठबन्धनका उम्मेद्वार रहेका नेम्वाङ २०४८ र २०५६ सालमा सांसद भईसकेको थिए।

उनलाई पछ्याएका आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरे। आङदेम्बे काग्रेसका केन्द्रीय सदस्य हुन्। संविधान सभामा सांसद निर्वाचित भएका थिए। प्रतिनिधि सभामा संघिय समाजवादिका प्रेम लावतीले १ हजार ९ सय ९४, लिम्बुवान मञ्चका सागर केरुङले १ हजार ५ सय ९३ मत प्राप्त गरे। तेस्रो उम्मेद्वारको मतभन्दा बदर बढि पाँचथरमा बदरको उलेख्यमात्रमा भएको छ । दुई स्थानमा मतदान गरेको बढि पाइएको छ । मतदाता शिक्षाको अभाव देखिएको छ । दलहरुको गठबन्धले पनि बदर संख्या बढेको आकलन भएको छ । तेस्रो स्थानमा मत ल्याउने उम्मेद्वार भन्दा धेरै बदर भएको छ।

प्रतिनिधि सभाको ७७ हजार ९ सय १६ मत मध्ये ५ हजार ७ सय ३१ मत बदर भएको छ । यो निक्कै ठुलो संख्या मानिन्छ । यस्तै प्रदेश न. १ को ४१ हाजर ५ सय ८१ मत मध्ये २ हजार १ सय ७३ मत बदर भएको छ । यस्तै ३६ हजार १ सय ५६ मत खसेको क्षेत्र न. २ मा २ हजार ४ सय ७९ मत बदर भएको छ।

प्रकाशित: २४ मंसिर २०७४ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App