coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वमा लिम्बुवानको बन्द, यातायात सेवा ठप्प

भगिश्वर लिम्बू

तेह्रथुम– राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको यातायात बन्दका कारण शनिबार सदरमुकाम म्याङलुङबाट छुट्ने सबै यायतका साधन गन्तब्यमै रोकिएका छन्। साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रुपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा कुनै पनि यातायातको साधन नचलाई गन्तब्यमै रोकिएका हुन्।

वि.सं. १८३१ साल साउन २२ गते लिम्बुवानको सार्वभौमसत्ता समाप्त गरी नेपाल राज्यमा गाभिएका भन्र्द परिषद्ले उक्त दिनलाई प्रत्येक वर्ष यो दिनलाई कालो दिनकोबिरुद्ध यातायात बन्द गरेको जनाएको छ।  
यातायात बन्दका कारण सानातथा ठूला सवारी साधन नचल्दा सयौं यात्रुहरु समस्यामा परेका छन्। यातायात चल्ने आसमा जिललाका विभिन्न बसपार्कमा पुगेका यात्रुहरु त्यसै फर्किएका छन्, यातायातका साधनहरु गन्तब्यमै रोकिएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण छिमेकी जिल्ला धनकुटा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा र सुनसरीमा समेत यातायात बन्द भएका छन्।

 

प्रकाशित: २२ श्रावण २०७३ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App