८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव हारेका पूर्वराजदूतले विजयी उम्मेदवारलाई दिए बधाई

कपिलवस्तु– राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्केका नेपाली कांग्रेसका कपिलवस्तु १ का उम्मेदवार दीपकुमार उपाध्याय बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणी खनालसँग पराजित भएका छन् । खनालले २९ हजार ७९९ मत प्राप्त गरी विजयी भए भने उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे । 

भारतका लागि नेपाली राजदूत रहेका उपाध्यायले गएको कात्तिकमा पदबाट राजीनामा गरेका थिए । उपाध्यायले आफ्ना क्षेत्रका मतदातालाई धन्यवाद दिएका छन् । आफू पराजित भएपछि विजयी उम्मेदवार खनाललाई बधाई दिँदै उनले आगामी दिनमा पनि कपिलवस्तुको विकास निर्माणमा आफ्नो सक्रिय सहभागिता हुने प्रतिबद्धता व्यक्त गरे। 
निर्वाचनमा होमिएपछि जीत हार सामान्य प्रक्रिया भन्दै उपाध्यायले यो निर्वाचनले संविधान कार्यान्व्यनको वाटो अघि बढेको र अब मुलुक आर्थिक समृद्धिको दिशामा बढ्ने उल्लेख गरेका छन् । 

प्रकाशित: २५ मंसिर २०७४ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App