१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मतगणना स्थल सर्लाही क्याम्पस परिसरमा तैनाथ सुरक्षाकर्मी। तस्विरः टंक उप्रेती

टंक उप्रेती

सर्लाही– मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

बलराको जब्दी बुथमा एउटा मतपेटिका चार वटा मात्र सिल लगाएको भेटिएपछि राजपासहितका अन्य दलले विरोध जनाउँदै गणनास्थल छोडेका थिए। मतपेटिकामा सात वटा सिल हुनुपर्छ। चार वटा मात्र सिल भेटिएको बलरा काँग्रेस उम्मेदवार अमरेस सिंहको गृह गाउँ हो।

झडपमा काँग्रेसका दुई कार्यकर्ता सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ।

सर्लाही–४ मा काँग्रेसका अमरेश सिंह र राजपाका राकेशकुमार मिश्रबीच कडा प्रतिस्पर्धा छ। मिश्र १६ हजार ३१८ मत र सिंहको १५ हजार ९३६ मत रहेको अवस्थामा मतगणना स्थगित छ। गएराति १०ः३० देखि मतगणना स्थगित भएको हो।

बलराको जब्दी बुथमा एउटा मतपेटिका चार वटा मात्र सिल लगाएको भेटिएपछि राजपासहितका अन्य दलले विरोध जनाउँदै गणनास्थल छोडेका थिए। मतपेटिकामा सात वटा सिल हुनुपर्छ। चार वटा मात्र सिल भेटिएको बलरा काँग्रेस उम्मेदवार अमरेस सिंहको गृह गाउँ हो।

राजपा लगायत सम्पूर्ण दलहरु त्यहाँ पुनः मतदानको माग गरिरहेका छन्। सो विषय सुल्झाउन बैठक भइरहेका बेला बाहिरपट्टि दुवै दलका कार्यकर्ताबीच झडप भएको हो।

प्रकाशित: २५ मंसिर २०७४ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App