७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनताको असाधारण समर्थन पायौं : ओली (भिडियो)

एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्विरः प्रबिन कोइराला

झापा— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको असाधारण समर्थन पाएको बताएका छन्। गृह जिल्ला झापाका आएका उनले नेपाली जनताले असाधारण समर्थनका साथ आफूहरुलाई अघि बढ्ने आदेश दिएको बताए।

‘लोकतन्त्रमा जनताको अभिमत सर्वोपरी कुरा हो’, अध्यक्ष ओलीले भने, ‘नेपाली जनताले असाधारण समर्थनका साथ हामीलाई अघि बढ्ने आदेश दिएका छन्। हामी सही नीति र सही व्यवहारका साथ अघि बढ्नेछौं।’

‘लोकतन्त्रमा जनताको अभिमत सर्वोपरी कुरा हो’, अध्यक्ष ओलीले भने, ‘नेपाली जनताले असाधारण समर्थनका साथ हामीलाई अघि बढ्ने आदेश दिएका छन्। हामी सही नीति र सही व्यवहारका साथ अघि बढ्नेछौं।’

मुलुकभरि बाम गठबन्धन स्वभाविक भएको उनको भनाइ थियो। ‘लहर स्वभाविक छ। नेपालले एउटा लोकतान्त्रिक आन्दोलन र समृद्धिका लागि लामो संघर्ष गरेको छ। निर्वाचनमार्फत् लामो समयको अभ्यासहरुको निष्कर्षमा लोकतान्त्रिक विधिकबाट जनताको अभिमतको रिभ्युलसन भएको छ। यो रिभुलुसनले केही बृहत् सम्भानाहरु देखाएको छ।’

जनताले काम गर्न सक्ने, परिस्थितिको विश्लेषण गर्न सक्ने, देशको अवस्था बुझ्न सक्ने र समाधान दिन सक्ने वैचारिक शक्ति वाम गठबन्धन भएको उनले बताए। गठबन्धनलाई विजयी नगराएको भए देश चुनौतीहरुमा रुमलिने उनको भनाइ थियो। 

चुनाबका दौरान प्रचार प्रसारका क्रममा हुने कुराहरुमा गम्भीर भइरहनु नपर्ने उनले बताए। कतिपय चुनाबी अभिव्यक्ति परिमार्जन हुने अध्यक्ष ओलीले बताए। 

भिडियो

प्रकाशित: २५ मंसिर २०७४ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App