८ वैशाख २०८१ शनिबार
राजनीति

संखुवासभामा एमालेका राजेन्द्र गौतम विजयी

संखुवासभा- संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन्।

अघिल्लो संविधानसभा निर्वाचनमा खड्कासँग पराजित भएका गौतमले यस प्रतिनिधिसभामा भने खड्कालाई हराएका छन्।

प्रतिनिधिसभाको मत गणनामा सुरुदेखि नै अग्रता लिएका गौतमले ३२ हजार ७ सय ६९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरे।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको संखुवासभामा पहिलो चरणअन्तर्गत निर्वाचन भएको थियो। १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा ६९ हजार २ सय ४६ मतदाताले मतदान गरेका थिए। प्रदेशसभा दुवैमा बाम गठबन्धनका उम्मेदवार अगाडि छ। प्रदेशतर्फको नतिजा आउन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७४ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App