७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्याङ्जामा वामगठबन्धन बलियो

मतगणना गर्नका लागि मतपेटीकाबाट खन्याइदै गरेको मतपत्र ।

स्याङजा– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा स्याङजाको सबै क्षेत्रमा बामगठबन्धन बलियो देखिएको छ । सोमबार साँझ सम्मको मतगणनाको परिणामअनुसार प्रतिनिधि सभाका लागि दुई वटा क्षेत्र र प्रदेश सभाका लागि चार वटै क्षेत्रमा वामगठबन्धन अग्रस्थानमा छन् । 

स्याङजा क्षेत्र नम्बर दुई सर्वत्र चासोको विषय बनेको छ । प्रतिनिधि सभा सदस्यका लागि नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेकपा एमालेकी पदमा कुमारी अर्यालबीचको प्रतिस्पर्धाले कडा हुने देखिएको छ । सोमबार साँझ सात बजेसम्म जम्मा करिब १९ हजार मतगणना सक्दा वामगठबन्धनका अर्यालले १० हजार ३ सय १५ मत प्राप्त गरेकी छन् । 
उनकी प्रतिस्पर्धी गोपालमान श्रेष्ठले ८ हजार २ सय ९८ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २० मत फरक छन् । क्षेत्र नम्बर २ मा करिब ६९ हजार मत खसेको थियो । 

स्याङजा क्षेत्र नम्बर एकमा राजु थापा र नारायण मरासिनी फेरि चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु संविधान सभा निर्वाचन २०७० भिडेका थिए । प्रतिनिधि सभा सदस्य पदका लागि थापा र मरासिनी स्याङजा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिस्पर्धा गरेका हुन् । सामाचार तयार पर्दासम्म मरासिनीले ९ हजार ३ सय ९० मत ल्याएका छन् । उनका निकतम् प्रतिस्पर्धी थापाले ६ हजार ७ सय २ मत ल्याए । थापा २ हजार ६ सय ८८ मतले पछाडि परेका छन् । क्षेत्र नम्बर १ मा करिब ७० हजार मतदाताले मतदान गरेका थिए । 

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ‘१’ वामगठबन्धनका दीपक चर्तीमगर सामाचार तयार पर्दासम्म मगरले १० हजार ८ सय १४ मत ल्याएका छन् । उनका निकतम् प्रतिस्पर्धी कमल प्रसाद पंगेनीले ८ हजार ६ सय ३९ मत ल्याएका छन् । थापा र पंगेनीबीच २ हजार एक सय ७५ मतान्तर छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ‘२’ मा वामगबन्धनका मिनप्रसाद गुरुङको आग्रता रहेको छ । उनले ९ हजार एक सय ४ मत ल्याएका छन् । उनको प्रतिद्वन्दी तुलसी गिरीले ६ हजार ४ सय ६८ मत ल्याएका छन् । उनीहरु बीच २ हजार ६ सय ३६ मत फरक रहेका छ । 

प्रदेशसभाका तर्फ क्षेत्र नम्बर २ ‘१’ वम गठबन्धनबाट उम्मेदवार बनेका मोहन रेग्मीको ७ हजार ७ सय ६२ मत रहेको छ । उनलाई ५ हजार ८ सय ८६ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार विष्णु पौडेलले पछ्याइरहेका छन् । उनीवीच १ हजार ८ सय ७६ मतान्तर छन् । 

त्यसै गरी क्षेत्र नम्बर २ ‘२’ मा वामगठबन्धनका उम्मेदवार सूर्यप्रसाद गैह्रे पारस ८ हजार ५७ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिद्वन्दी भगवतप्रकाश मल्ले ७ हजार ३ सय ३२ मत ल्याएका छन् । 

वामगठबन्धनले स्याङजामा इतिहास रच्ने दाउमा छन् । वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका मिनप्रसाद गुरुङ, मोहन रेग्मी र दीपक चर्तीमगरको जित सुनिश्चित देखिन्छ । गैह्रे र मल्लबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । 

प्रकाशित: २५ मंसिर २०७४ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App