coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

डर्टमन्डमा नयाँ प्रशिक्षक

बर्लिन- पछिल्लो हारसँगै लगातार आठ खेलमा विजयरहित भएपछि बोरुसिया डर्टमन्डका प्रशिक्षक पिटर बोस्ज बर्खास्तगीमा परेका छन् । 
डर्टमन्डको निराशाजनक यात्राले निरन्तरता पाउने क्रममा शनिबार टोली घरेलु मैदानमा पुछारबाट तेस्रो स्थानमा रहेको वेर्डेर ब्रेम्यानसँग २–१ ले पराजित भएको थियो । खेलकुद म्यागेजिन बिल्डका अनुसार शनिबारको हारलगत्तै क्लबले बोस्जलाई बर्खास्त गरेको थियो । तर उनलाई बर्खास्त गरेको निर्णय भने आइतबार सार्वजनिक गरिएको हो । 
५४ वर्षे बोस्जलाई बर्खास्त गर्दै डर्टमन्डले अस्ट्रियाली प्रशिक्षक पिटर स्टोइगरलाई नियुक्त गरेको छ । जर्मन बुन्डेसलिगाको पुछारमा रहेको कोलोग्नले अघिल्लो सप्ताहान्तमा स्टोइगरलाई बर्खास्त गरेको थियो । कोलोग्नबाट निकालिएको एक साता नबित्दै ५१ वर्षे स्टोइगरले जारी सिजनको अन्त्यसम्मका लागि डर्टमन्डसँग सम्झौता गरेको बताइएको छ ।
यसै सिजनको सुरुआतमा क्लबको नेतृत्व सम्हालेका बोस्जले डर्टमन्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनको नेतृत्वमा टोली सेप्टेम्बरको अन्त्यसम्म पनि पाँच अंकको अग्रतासहित जर्मन बुन्डेसलिगा अंकतालिकाको शीर्ष स्थानमा थियो । तर त्यसयता आठ खेलमा अत्यन्तै निरीह रूपमा प्रस्तुत भएको टोलीले तीन बराबरीबाट तीन अंक मात्र जोड्न सकेको छ । 

प्रकाशित: २५ मंसिर २०७४ १८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App