८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाल वायु सेवा निगमकाे पहिलाे उडानमा यात्रा गर्नेलाई मायाकाे चिनाे

निर्भिक नारायण

युएई- नेपाल वायु सेवा निगमले चार वर्षपछि युएईकालागि सुरु गर्न लागेको पहिलो उडानमा जाने नेपालीहरुलाई मायाको चिनोसहित कदर पत्र दिने भएको छ। 

शुक्रबार नेपाली समाज युएईको २६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै नेपाल वायु सेवा निगमका कन्ट्री म्यानेजर रमेश  पौडेलले पहिलो उडानमा नेपालबाट युएई आउने र युएईबाट नेपाल जाने नेपालीहरुकालागि मायाको चिनोसहित कदर पत्र दिने बताएका हुन्। 

निगमले भदौ २ गतेबाट युएईकालागि पहिलो उडान गर्ने छ। नेपालबाट युएईकालागि पहिलो चरणमा हप्ताका नी दिन आइतबार, मंगलबार र बिहीबार  साझ ११:३० मा उडान भर्ने छ भने युएइबाट सोमबार, बुधबार र शुक्रबार बिहान ४:१० मा  निगमले उडान भर्नेछ। 

सीमित अबधिकालागि युएईदेखि नेपालसम्म  टिकट रकम ५ सय ३५ दिराम र १ हजार ८० दिराम दुईतर्फ टिकटको अफर दिने नेपाल वायु सेवा निगमको जेनेरल सेल्स एजेन्ट अजमान नेशनल ट्राभल एजेन्सी (एन्टा)  युएईले २५ जुलाईमा पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। नेपाल जान र युएई आउनकालागि एन्टाले अन्तर्राष्ट्रिय विमान स्थल दुवै  टर्मिनल २ बाट  नेपाली जहाज उडान भर्ने छ। 

निगमको पहिलो उडानमा आउने र जानेहरुकालागि पछिका उडानहरुमा पनि अफरहरु दिने कन्ट्री म्यानेजर पौडेलले जानकारी दिए। उनले नेपाली समाज युएईले गर्न  स्थापना गर्न लागेको कल्याणकारी कोषको लागि दुई वटा दुईतर्फी टिकट दिने  घोषणा समेत गरे।

यता युएईमा कार्यरत नेपालीहरु नेपाल वायुसेवा निगमले युएईको लागि पुनः जहाज उडान भर्ने भएपछि हर्षित बनेका छन्।  हरेक दिन नेपाल जाने एयर अरविया र फ्लाई दुवईको जहाज भए पनि खाना सहित सेवा सुविधा आफ्नै नेपाली  जहाजमा जान पाउनु खुसीको कुरा रहेको नमस्ते ट्राभल एण्ड टुरिजमका संचालक एकेन्द्र थापाले बताए। 

 

उनले अगस्ट १९ गते पछिका दिनहरुबाट नेपाल जानको नेपालीहरुले वायु सेवा निगमको टिकट लिने क्रम बढ्दै गएको  बताए।

 

प्रकाशित: २२ श्रावण २०७३ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App