८ वैशाख २०८१ शनिबार
राजनीति

कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

काठमाडौं- वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।

दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइपछि चौधरीले वारेसनामामार्फत् राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्। जितपछि नागरिकन्युजसँग कुरा गर्दै चौधरीले टीकाबारबासी आफूलाई सद्‍भाव ल्याउने जिम्मेवारी सुम्पेको बताए।

उनले टीकापुरका थारु-पहाडी सबै मतदाताले माया गरेर भोट हालेको बताए। ‘थारु समुदायले थरुहटको नेतृत्व रेशमले गर्छ भनेर जिम्मेवारी सुम्पिनुभएको छ भने पहाडी समुदायले रेशम निर्दोष छ, टीकापुरमा सद्‍भाव रेशमले नै ल्याउँछ भनेर भोट हाल्नुभयो। मतदाताहरुको यो जिम्मेवारी मैले निर्वाह गर्नेछु,’ टेलिफोनमा कुरा गर्दै उनले भने।

प्रकाशित: २६ मंसिर २०७४ ००:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App