८ वैशाख २०८१ शनिबार
राजनीति

जाजरकोटमा समानुपातिक तर्फ  काँग्रेस पहिलो

जाजरकोट – गत मंसिर १० गते  भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्पm जाजरकोटमा नेपाली काँग्रेस पहिलो भएको छ। प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको काँग्रेसले  समानुपातिकमा भने प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा बढी  मत पाएको हो।

मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार जिल्लामा खसेको ६० हजार ८ सय ९७ मत मध्ये प्रतिनिधि सभा तर्फ  काँग्रेसले २० हजार ४ सय ८६ मत ल्याएको  छ भने  एमालेले  १७ हजार  ६ सय ७१  मत पाएको छ। त्यस्तै माओवादी केन्द्रले १३ हजार  ५ सय ७१  मत प्राप्त गरेको छ । राप्रपाले २४६ राप्रपा प्रजातान्त्रिक  ३ सय १८ं र  नयाँ शक्ति नेपालले ५सय २६ मत प्राप्त गरेको छ।

प्रदेश सभा तर्फ क्षेत्र नम्बर  १मा  काँग्रेसले  ९ हजार ६ सय ५५ र एमालेले ७ हजार ७ सय  ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । त्यस्तै  माओवादी केन्द्रले  ८ हजार  ३ सय ९ मत पाएको छ । प्रदेश सभाकै क्षेत्र नम्बर २मा  काँग्रेस भन्दा एमाले अघि देखिएको छ ।  एमालेले  ९ हजार ६ सय ६६ मत प्राप्त गरेको छ भने काँग्रेसले  ८ हजार ५ सय ३१  रहेको छ । त्यस्तै  माओवादीले ४ हजार ५ सय ८७ मत पाएको छ। प्रत्यक्ष  तर्फको  गणनामा  वाम गठबन्धन गरेका एमाले माओवादी नेपाली काँग्रेस भन्दा ८ हजार ९ सय ९२ मतले अघि छन् भने प्रदेश सभा तर्फ क्षेत्र नम्वर १मा  वाम गठवन्धन ४ हजार  २४ मतले अघि छ।

यस्तै जिल्लामा प्रतिनिधि सभामा खसेको ६० हजार ८ सय ९७ मत मध्ये ७ हजार २ सय २ मत बदर  भएको छ भने प्रदेश क मा खसेको ३२ हजार ६ सय ६ मत मध्ये ५ हजार ५ सय ९२  मत बदर भएको  छ । त्यस्तै प्रदेश ख मा खसेको २८ हजार  २सय ९१   मत मध्ये ५हजार २१ मत  बदर भएको  छ । प्रत्यक्ष तर्फ पनि ८ हजार  मत बदर भएको थियो । मतदाता शिक्षा प्रभावहीन भएको र राजनीतिक दलका नेता र कर्मचारीहरूको कमजोरीका कारण धेरै मत बदर भएको स्थानीय असलशासनकर्मी बालकुमार शर्माले बताए । उनले  मतदाता शिक्षा कार्यक्रम नाममा मात्र सीमित हुन पुगेका कारण  धेरै मत बदर भएको बताए।  

 

प्रकाशित: २६ मंसिर २०७४ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App