coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाई काट्दै गरेका ७ जना पक्राउ

दाङ – दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्हरीले मंगलबार नियन्त्रणमा लिएको हो।

देउखुरीको राजपुरमा स्थानीय ३९ वर्षीय विरसिंह थापा सहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरूलाई राजपुर गाउँपालिका वडा नं. ७ मा तीनवटा गाई काट्दै गरेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिइन्।

गाई काटेर मासु विक्री गर्ने मुख्य योजनाकारको मात्रै नाम खुलाइएको भएपनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । घटनास्थलबाट एकथना भरुवा बन्दुक समेत बरामद भएको एसपी सिंहले बताइन । उनिहरूले गाई काटेर जरायोको मासु भन्दै विक्री गर्ने गरेको खुल्न आएको छ ।  ‘गाई काटेर सुकटी बनाउने र त्यस्लाई जरायोको सुकुटी भनि बिक्री गर्दा रहेछन् ।’ एसपी सिंहले भनिन्। 

पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको कमाण्डमा गएको गस्ति टोलीले गाई काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो। 

प्रकाशित: २६ मंसिर २०७४ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App