५ वैशाख २०८१ बुधबार
राजनीति

तनहुँमा पौडेलले हारेपछि जोशीलाई कारबाहीको सिफारिस

तनहुँ- नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‌याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं. १ वाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो । (रासस)

प्रकाशित: २६ मंसिर २०७४ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App