८ वैशाख २०८१ शनिबार
राजनीति

झापामा ४.७४ प्रतिशत मत बदर

भद्रपुर – मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

पाँच निर्वाचन क्षेत्र रहेको झापामा कूल पाँच लाख ८५ हजार १६६ मतदाता रहेको थियो। झापामा शान्तिपूर्व सम्पन्न भएको निर्वाचनमा ७१.४५ प्रतिशत मतदान भएको थियो। 

कार्यालयबाट प्राप्त जानकारीअनुसार निर्वाचन क्षेत्र नं १ मा खसेको मत ७३ हजार ३०३ मा बदर मत दुई हजार ६६७, निर्वाचन क्षेत्र नं २ मा खसेको मत ८१ हजार ९५७ मा बदर मत तीन हजार ६९९ मा, निर्वाचन क्षेत्र नं ३ मा खसेको मत ७८ हजार ९३२ मा बदर मत चार हजार ३१२, निर्वाचन क्षेत्र नं ४ मा खसेको मत ७३ हजार ६२९ मा बदर मत तीन हजार ५६३ तथा निर्वाचन क्षेत्र नं ५ मा खसेको मत ९१ हजार ३४५ मा बदर मत चार हजार ६७४ छन् ।

यसैगरी, प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १‘क’ मा खसेको मत ४५ हजार ३४९ मा बदर मत एक हजार ५०९ र ‘ख’ मा खसेको ३० हजार ५४१ मतमा बदर मत ९३३, निर्वाचन क्षेत्र नं २ को ‘क’ मा खसेको ३७ हजार ३२७ मतमा बदर मत एक हजार ३१८ र ‘ख’ मा खसेको ४८ हजार २३५ मतमा बदर मत एक हजार ६०१, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा खसेको ४२ हजार २६२ मतमा बदर मत एक हजार ३१२ र ‘ख’ मा खसेको ४० हजार ८५४ मतमा बदर मत एक हजार ५२७ रहेको छ। 

यसैगरी, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा खसेको मत ३३ हजार ५० मतमा बदर मत एक हजार १०२ र ‘ख’ मा खसेको मत ४४ हजार १५१ मा बदर मत एक हजार ६६१ तथा निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा खसेको मत ४७ हजार ३५४ मतमा बदर मत एक हजार ९८९ र ‘ख’ मा खसेको मत ४८ हजार ५०५ मा बदर मत एक हजार ५५२ रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए। 

प्रदेशमा खसेको कूल मतमा ३.६० प्रतिशत बदर भएको र ७१.३७ प्रतिशत मत खसेको अधिकारी आचार्यले जानकारी दिए। 

प्रकाशित: २७ मंसिर २०७४ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App