१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

जुम्ला- तिला गाउँपालिका ९ की राजु रोकायाका एक छोरा एक छोरी छन्। उनका दुईटै सन्तान स्वास्थ्य संस्थामा जन्मिएनन। घरमै सुत्केरी हुने गरेकी उनले सरकारी सुत्केरी सेवा आफुहरुका लागि आकासको फल भएको बताईन। उनले भनिन, 'स्वास्थ्य संस्था नजिक त छैनन, वर्थिङ सेन्टरको त के कुरा ?' स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुने रहर भएपनि पुरा हुन नसकेको अनुभब सुनाईन।

अर्की स्थानीय देवु रोकाया वर्थिङ सेन्टर नहुदा नियमित गर्भ जाँच देखि सुरक्षित सन्तान जन्माउन समेत समस्या हुने गरेको बताउँछिन। सरकारले सुरक्षित सुत्केरी गराएबापत दिईने सेवा सुविधा पाउन नसकेको गुनासो गरिन। गर्भवतीले स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्यकर्मीवाटै सुत्केरी गराउने आकांक्षा राखेपनि पुर्याउन सकिएको छैन।

तत्कालिन घाडेमहादेव गाविसको एक देखि ९ वडा तथा हाल तिला गाउँपालिका ६ र ७ वडाका महिला सुरक्षित सुत्केरी नभई घरमै सुत्केरी हुने गरेका छन। वर्थिंङ सेन्टर भएको ठाउँमा पुग्न पाँच देखि ८ घण्टा सम्म हिड्नु परेको स्थानीय बताउँछन। गाउँमा स्टेचरको व्यवस्था छैन। डोकोमा सुत्केरी बोक्दा निकै पीडा हुने गरेको छ। स्थानीय हर्क रोकायाले भने, 'दुर्गमका महिला सुरक्षित सुत्केरी हुनबाट बञ्चित छन। उनले भने, 'अहिले सम्म कुनै पनि गर्भवति महिला सुत्केरी हुनको लागि बर्थिङ सैन्टरमा पुगेको रेकर्ड छैन।'

सदरमुकाम खलंगा स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,हिमा गाउँपालिका स्थित प्रथामिक स्वास्थ्य केन्द्र र तिला १ स्थित डुण्डेली वर्थिङ सन्टरमा पुर्याउनुको विकल्प छैन। सडक सञ्जालको पहुँच विस्तार नहुनु, भिरालो वाटो र विपन्नताका कारण सुविधा सम्पन्न स्वास्थ्य संस्थामा गर्भवती पुर्याउन सकिदैन, उनले भने,यहाँका महिलाको समस्यलाई मध्येनजर गर्दै वर्थिङ सेन्टरको माग राखेका छौ। तिला ७ का वडाध्यक्ष हस्त वहादुर वुढाले वथिङ सन्टर स्थापनाको लागि पहल भईरहेको बताए। उनले भने, 'यहाँका गभर्वती र सुत्केरी आमाका पिडा धेरैछन,तर उनीहरुको पिडामा मलहमको काम गर्ने पहल भईरहेको छ। उनले आगामी एक वर्ष भित्रै यहाँका महिलाको सुरक्षित सुत्केरी हुने सपना साकार हुन सक्ने बताए।

घोडेमहादेव स्वास्थ्यचौकीका ईन्चार्ज तन्त वहादुर महतले वर्थिङ सेन्टर नहुदा शत प्रतिशित सुत्केरी आमा घरमै हुने गरेको बताए। उनले भने, नियमित गर्भ जाँच, महिला स्वास्थ्य स्वयमसेविका मार्फत घरमै सुत्केरी हुने गरेका छन्। उनले समयमै वर्थिङ सेन्टरको व्यवस्था गरे आमा र वच्चाको स्वास्थ्यमा समस्य नआउने बताए।

प्रकाशित: २७ मंसिर २०७४ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App