coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तिब्बत र नेपाली सीमा क्षेत्रमा अन्तरदेशीय विवाहमा कडाइ

ताप्लेजुङ – चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले उत्तरी ताप्लेजुङका सिमावर्ती क्षेत्रमा हुँदै आएको अन्तरदेशीय बिवाहमा कडाइ गर्ने भन्दै स्थानीयलाई ‘सचेत’ गराइदिन नेपाली सिमाक्षेत्रका जनप्रतिनिधिलाइ खबर पठाएको छ । 
‘नेपाली केटीलाई विवाह गरेर तिब्बत तर्फ लैजान तथा तिब्बती केटीलाई नेपाल तर्फ ल्याउन कानुनले अप्ठ्यारो हुने भन्दै तिब्बत प्रशासनले खबर पठाएको छ’ सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँ कार्यपालिका प्रवक्ता छेतेन वालुङले भने । उनले अन्तरदेशीय बैवाहिक सम्बन्धको सवालमा तिब्बतको रिउ प्रशासन कडा रुपमा प्रस्तुत भएको बताए।

‘यस्तो विवाहवारी नियन्त्रण नै गर्नेगरी अभियान चालेको पाइयो’ वालुङले भने । उनले तिब्बतको रिउ प्रशासनले फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधि मार्फत स्थानीय क्षेत्रमा यो खबर प्रवाह गरिदिन आग्रह गरेको बताए । उनका अनुसार अन्तरदेशीय विवाहलाई नियन्त्रण गर्ने अभियानमा रिउ प्रशासनले अब उप्रान्त कडाइ हुने जानकारी दिएको छ।

त्यहाँको प्रशासन प्रमुख छेतेनले अन्तरदेशीय बिवाह रोक्नेगरी प्रशासनले अभियान थालेकोले अब उप्रान्त नेपाली र तिब्बती क्षेत्रका मानिसबीच हुने बैवाहिक सम्बन्धलाई नस्वीकार्ने जानकारी समेत स्थानीयलाई प्रवाह गर्न फक्ताङ्लुङ गाउँपालिकालाई खबर पठाएको वालुङले बताए। जनप्रतिनिधिका नाताले गाउँपालिका भित्रका सबै समुदायमा खबर पुर्याइदिन्छन् भन्ने मनशायले यो सन्देश प्रवाहका लागि रिउ प्रशासनले गाउँपालिकाको साहरा लिएको हुन सक्ने वालुङको ठम्याइ छ।

नेपाल र चीनको प्रमुख व्यापारिक नाका सिगात्छे नेपालको प्रशासनिक विभाजन जस्तै एउटा अञ्चल हो । पूर्वोत्तर तिब्बती मामलाका जानकार समेत रहेका फक्ताङ्लुङ गाउँ कार्यपालिकाका प्रवक्ता वालुङका अनुसार रिउ बजारका बासिन्दाले सिगात्छेलाई तोन्च्छी(अञ्चल)भन्ने गर्दछन्।

रिउ बजार टिङ्गे जिल्लामा पर्दछ । टिङ्गे जिल्लामा नेपालका साविकका १० वटा गाविस जस्तै इकाइ छन्, त्यो मध्ये रिउ एउटा इकाइ हो । रिउ ५ वटा वडामा विभाजित छ । ‘अञ्चलले जिल्ला, जिल्लाले गाउँ हुँदै गरेको खवर हामीकहाँ आइ पुगेको होे’वालुङले भने । यसभन्दा पहिले सीमावर्ती क्षेत्रका बासिन्दाबीच बैवाहिक सम्बन्ध कायम हुनुलाई खासै अप्ठेरो मानिदैन थियो । सिमावर्ती क्षेत्र भएका कारण उत्तरी ताप्लेजुङ र रिउ बजारका बीच प्रमुख व्यपारिक साझेदारी हुने गर्दथ्यो।

वालुङका अनुसार तिब्बती पक्षले नेपाली केटी बिवाह गरेर लगेमा रिउ प्रशासनले फिर्ता पठाइदिने समेतको चेतावनी दिएको छ । जनप्रतिनिधिका नाताले हामीलाई यस कार्यमा सहजीकरण गरिदिने आसामा रिउ प्रशासनले यस्तो खबर पठाएको हुन सक्ने वालुङले अनुमान लगाए । रिउ बजारबाट महिलाले नेपाली पक्षसंग विवाह गरी आएमा समेत फिर्ता पठाइदिन उसले गाउँपालिका समक्ष आग्रह गरेको छ । 

प्रकाशित: २७ मंसिर २०७४ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App