८ वैशाख २०८१ शनिबार
खेल

रोहितको तेस्रो दोहोरो शतक

मोहाली- कप्तान रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेको खेलमा भारतले श्रीलंकालाई १ सय ४१  रनले हराएको छ । बुधबार भारतको सानदार जितसँगै शृंखला १–१ ले बराबरी भएको छ । 
कीर्तिमानी रन बनाउने क्रममा रोहितले अविजित २ सय ८ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको भारतले ४ विकेटको नोक्सानीमा ३ सय ९२ रन जोडेको थियो ।
 ओपनर रोहितले १ सय ५३ बलमा १३ चौका र १२ छक्का प्रहार गरेपछि भारतले सानदार स्कोर बनाउन सफल भएको थियो । 
दायाँहाते ब्याट्सम्यान रोहितले सन् २०१३ मा अस्टे«लियाविरुद्ध २ सय ९ रन प्रहार गरेको थिए । यसै गरी करियरको व्यक्तिगत सर्वाधिक स्कोर बनाउने क्रममा रोहितले एक वर्षअघि कोलकातामा श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाएका थिए । एकदिवसीय क्रिकेटमा रोहितका अलावा न्युजिल्यान्डका मार्टिन गुप्टिल, भारतीय क्रिकेटर वीरेन्द्र सहवाग, वेस्ट इन्डिजका क्रिस गेल र भारतकै सचिन तेन्दुलकरले दोहोरो शतक प्रहार गरेका छन् । 
६८ रन बनाएका ओपनर शिखर धवनसँग मिलेर रोहितले सुरुआतमै उत्कृष्ट साझेदारी गर्दै भारतलाई फराकिलो योगफलतर्फ लाग्न नेतृत्व गरेका थिए ।
 श्रीलंकाविरुद्धको सुरुआती एकदिवसीयमा दयनीय स्कोर बनाएको भारतलाई सुरुआतमै रोहितले उत्साही बनाएका थिए । 
श्रीलंकाविरुद्धको सुरुआती खेलमा भारतले १ सय १२ रन मात्र बनाउन सकेको थियो । दोस्रो विकेटका लागि रोहितले श्रीयाज लेयरसँग मिलेर २ सय १३ रनको साझेदारी गरेका थिए । श्रीयाजले ८८ रन बनाएका थिए । ६७ बलमा ९ चौका प्रहार गरेका धवनलाई सचिथ पथिरानाले आउट गरे । तर रोहितले श्रीलंकाली बलरलाई दबाबमा राख्दै क्रिजमा आफ्नो प्रभाव जमाएका थिए । श्रीलंकाका थिसारा परेराले सर्वाधिक ३ विकेट लिए । 
जबाफमा श्रीलंकाले ५० ओभर पूरा खेल्दै ८ विकेटको नोक्सानीमा २ सय ५१ रन मात्र बनाउन सक्यो । 
श्रीलंकाका लागि सर्वाधिक रन बनाउने क्रममा एन्जिलो म्याथ्युजले अविजित १ सय ११ रन बनाए । उनले १ सय ३२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । 
भारतका युजभिन्द्र चाहलले सर्वाधिक ३ विकेट र जसप्रीत बुमराहले २ विकेट लिए ।  

एकदिवसीय क्रिकेटमा रोहितका अलावा न्युजिल्यान्डका मार्टिन गुप्टिल, भारतीय क्रिकेटर वीरेन्द्र सहवाग, वेस्ट इन्डिजका क्रिस गेल र भारतकै सचिन तेन्दुलकरले दोहोरो शतक प्रहार गरेका छन् । 

 

प्रकाशित: २८ मंसिर २०७४ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App