६ वैशाख २०८१ बिहीबार
समाज

घरसँगै जलेर महिलाको मृत्यु

इलाम- इलाम नगरपालिका–५, स्थित घलेटारछेऊको एउटा घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ । बिहानको राति करिब २ बजे स्थानीय भोविन्द्र नेपालीको घरमा आगलागी हुँदा उनकी पत्नी ३० वर्षीया पवित्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    घरमा टुकी बत्ती लडेर आगो सल्किएपछि भाग्नेक्रममा पवित्रा आगोले भेटेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि झापा लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले जानकारी दिए । एकतल्ले टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

प्रकाशित: २८ मंसिर २०७४ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App