coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिगमा सिटी, युनाइटेड र टोट्नह्याम विजयी

इङ्ल्याण्ड–इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी,म्यानचेष्टर युनाइटेड र टोट्नह्याम विजयी भएका छन। बुधबार राति सम्पन्न खेलमा शिर्ष स्थानको सिटीले स्वान्सीलाई ४–० ले पराजित गरेको छ। सिटीको जितमा डेबिड सिल्भाले २ तथा केभिन डे ब्रायन र सर्जियो अग्युइरोले १÷१ गोल गरेका थिए। जितपछि सिटीको १७ खेलबाट ४९ अंक भएको छ। 

त्यस्तै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले पनि बोर्नमाउथलाइ १–० ले पराजित गरेको छ। युनाइटेडको जितमा रोमेलु लुकाकुले निर्णयक गोल गरेका थिए। जितपछि युनाइटेडको १७ खेलबाट ३८ अंक भएको छ । युनाइटेड शिर्ष स्थानको सिटी भन्दा ११ अंकले पछि रहेको छ।  

रातिनै भएको अर्को खेलमा ब्राइटनलाइ २–० ले पराजित गर्दै टोट्नह्याम पनि लिगको चौंथौ स्थानमा उक्लिएको छ। टोट्नह्यामको जितमा औरीयर र सन हियुग मिनले गोल गरेका थिए। जितपछि टोट्नह्यामको १७ खेलबाट ३१ अंक भएको छ। 

त्यस्तै रातिनै भएका अन्य खेलहरुमा एर्भटन र लेचेष्टर बिजयी हुँदा लिभरपुल र आर्सनल बराबरीमा रोकिएका छन। एर्भटनले न्युकासल युनाइटेडलाइ १–० ले पराजित गरेको छ। एर्भटनको जितमा वायन रोनीले बिजयी गोल गरेका थिए। जितपछि १० औं स्थानमा रहेको एर्भटनको २२ अंक छ। त्यस्तै ८ औं स्थानको लेचेष्टरले साउथ ह्यामटनलाइ ४–१ कोे फराकिलो गोल अन्र्तरले पराजित गरेको छ। लेचेष्टरको जितमा ओकाजाकीले २ तथा महारेज र किङले एक÷एक गोल गरेका थिए। 

उता पराजित टोली साउथह्यामटनका लागि योसहिडाले १ गोल फर्काएका थिए। यता लिभरपुल र वेष्टब्रोम तथा आर्सनल र वेष्टह्याम भने गोल रहित बराबरीमा रोकिएका छन । बराबरीपछि लिभरपुल पाँचौ र आर्सनल लिगको सातौं स्थानमा रहेका छन।    

प्रकाशित: २८ मंसिर २०७४ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App