coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुक्खापनबाट बच्न लोसन र क्रिम

जाडोयाम छ । यो चिसो र सुक्खा हुने समय हो । कतिलाई जाडोयाम रमाइलो लाग्छ भने कतिपयलाई गर्मी । 
यस विषयमा आ–आफ्ना अनुभव भएपनि एउटा कुरामा भने सबैले ध्यान दिनुपर्छ । त्यो के भने आफ्नो शरीर, छाला र सुन्दरता । 
चिसो र सुक्खाले छालालाई असर गर्छ । यसले गर्दा छाला फुट्ने, सुक्खा हुने र सौन्दर्य हराउन सक्छ । यसलाई ध्यानमा राखेर विशेष किसिमको स्याहार आवश्यक पर्छ । 
जाडोयाममा छालाको स्याहार गर्न विभिन्न क्रिम, लोसन उपलब्ध रहेको इमामी इन्डियाको नेपालका ब्रान्ड म्यानेजर मधु बस्यालले बताए । ‘जाडोयामलाई भनेर बजारमा विभिन्न क्रिम र लोसन उपलब्ध छन्,’ बस्यालले भने, ‘हाम्रो कम्पनीले महिला, पुरुषका लागि लोसन, क्रिम उपलब्ध गराएको छ ।’
यस्ता लोसन र क्रिम अन्य बेलामा पनि उत्तिकै प्रयोग हुने भएपनि जाडोयाममा हुने सुक्खापनबाट बच्न विशेष आवश्यक पर्ने उनको भनाइ छ । 
इमामी, डाबर, डेल्टालगायत कैयौं कम्पनीका लोसन र क्रिम बजारमा उपलब्ध छन् । विभिन्न गुणस्तर र मूल्यमा पाइने यस्ता क्रिम किन्दा भने विशेष ध्यान दिनुपर्ने बिक्रेताको भनाइ छ । 
छालालाई बचाउने लोसन, क्रिममात्र होइन जाडोमा हुने रुघाखोकीबाट बच्न पनि आवश्यक छन् । यो बेला चिसोका कारण बच्चादेखि बुढाबुढीसम्मलाई रुघाखोकी लाग्ने सम्भावना रहन्छ । यस्तो बेलामा पनि घरमै बसेर उपचार गर्न सकिने उपाय छन् । झन्डुवाम जस्ता रुघाखोकी वा शरीर दुखाइबाट जोगाउने उपाय रहेको बस्यालले बताए । 
जोडो होस् या गर्मी कस्मेटिक सामानको प्रयोग बढ्दै गएको छ । यस सम्बन्धी उद्योगको संख्या पनि बढ्दै गएको छ । बजारमा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । 
जाडो र सुक्खाबाट बच्नमात्र होइन उमेर अनुसार आफूलाई चुस्त र तन्दुरुस्त देखाउन कस्मेटिकको प्रयोग पनि बढ्दै गएको छ । 
कस्मेटिक सामान प्रयोग गर्नुभन्दा पहिले ती सामानबारे पूरै जानकारी हुनु आवश्यक छ । ती उत्पादनको उद्देश्य विपरीत प्रयोग गरिएमा भने नकारात्मक असर देखिन सक्छ । 
जाडो र गर्मी दुवै समयमा बाहिरी वातावरणले छाला र विशेषगरी अनुहार, हातगोडालाई नकारात्मक असर पर्ने गर्छ । यो मौसममा छालालाई विशेष ध्यान दिनुपर्ने जानकार बताउँछन् । अनुहार सुक्खा छ भने भिटामिन ई युक्त मोस्चराइजर अनिवार्य लगाउनु पर्छ । 
जाडोको समयमा रुघाखोकी लाग्ने र टाउको दुख्ने सम्भावना धेरै हुन्छ । नवरत्न तेलले टाउको मसाज गर्दा दुखाइ कम हुने भएकाले पनि उक्त तेल बढी बिक्री हुने गरेको उनको भनाइ छ । 
व्यायाम र योगा शरीरलाई स्वस्थ राख्ने उत्तम उपाय हो । व्यस्त दैनिकी र डेस्कको काम गर्ने मानिस ढाड र कम्मर दुखाइका सिकार हुन सक्छन् । बजारमा पाइने विभिन्न उपचारबाहेक दैनिक रूपमा १०–१५ मिनेट व्यायाम गर्दा पनि आफूलाई फिट राख्न सकिन्छ । वैज्ञानिक अध्ययनका अनुसार तनाव कम गरी काम गर्ने मानिस तनाव धेरै लिनेभन्दा तन्दुरुस्त हुन्छन् ।
विशेषगरी महिलामा विभिन्न कारणले अनुहारमा कालोपोतो आउन सक्छ । महिनाबारी बन्द हुने समयमा हर्मोनको गडबडीले चायाँ आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालोपोतो देखिन सक्छ । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चिसोमा काम गर्ने, चर्को बत्तीको प्रकाश छालामा पारिरहने, जथाभावी रूपमा सस्ता नक्कली सौन्दर्य सामग्री प्रयोग गर्नेहरूमा कालोपोतो आउने सम्भावना अत्यधिक हुने जानकारको भनाइ छ । 
यसैगरी, छालाको सरसफाइमा ध्यान नदिने, जथाभावी गुणस्तरहीन क्रिम प्रयोग गर्ने, नकारात्मक सोचाइ लिनेमा छालाको समस्या भई कालोपोतो आउन सक्छ । साथै कुपोषण भएका, पेट सफा नहुने अर्थात कब्जियत भइरहने, छाला अति नै सुक्खा हुने वा अति नै तैलीय हुनेहरूमा पनि कालोपोतो देखिन सक्छ । 
चायाँ अर्थात कालोपोतो हटाउनमात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याक प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृत छालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सक्छन् । तर अनुहारमा घाउ वा जटिलता भएमा विशेषज्ञ डाक्टरबाट उपचार गराउनुपर्छ ।

 

प्रकाशित: २८ मंसिर २०७४ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App