७ वैशाख २०८१ शुक्रबार
समाज

काकडभिट्टा उच्च माविमा सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा –  झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। 

मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए। 

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको प्रहरीको भनाइ छ। 

मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए। 

प्रकाशित: २८ मंसिर २०७४ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App