५ वैशाख २०८१ बुधबार
समाज

पूर्वी पहाडमा दृष्यको चमक (फोटो फिचर )

पाँचथर- पाँचथर सदरमुकाम फिदिमबाट मेचीराजमार्गको करिब दुई किलोमीटर सवारी यात्रा लगत्तै हिमालहरु देखिन थाल्छन्। कुम्भकर्ण, कञ्चङ्गा लगायतको दृष्य लोभलाग्दा देखिन्छन्। पूर्वी पहाड आर्कषक छ। घुर्मिला परेका पहाडका डाँडाहरु, यहाँ रहेका दृष्यले स्वभाविक रुपमा मन तान्न सक्छ। मेची राजमार्गवाट देखिने दृष्यहरु उत्तिकै सुन्दर र आर्कषक छन्।

फिदिम देखि पौवाभञ्याङसम्म पुग्दा हिमान अगाईन्जेल हेर्न सकिन्छ । आसपासमा लोबे्रकुटि, सिलौटि जस्ता आर्कषक गन्तव्य छन्। मेची राजमार्गबाट फुत्त छिर्न सकिन्छ । सडक आसपासमा साना चिटिक्क परेका घरहरु बनाइएका छन् । टाढा टाढाको दृष्य देखिन सकिन्छ । ठाँउहरु सुन्दर छन् । ग्रामिण जनजिवनको झल्के देख्न पाईन्छ । कान्छिदोकान बजारबाट लोबे्रकुटि छिर्न सकिन्छ । पौवा भञ्याङबाट सिलौटि । यि दुवै धार्मिक स्थल पनि हुन । महागुरु फाल्गुनन्दले ध्यान, तपश्या गरेको पवित्र भुमिको रुपमा लिईन्छ । यि ठाँउहरु आफैमा सुन्दर छन् । मुलायम दृष्यका खानी । टाढा टाढा देखिन्छ।

पौवाभञ्याङ आफैमा सुन्दर छ । यहाँवाट नजिकै हिमाल देखिन्छ । यो सन्दपुकर–फालोट–कञ्चङजंगा आधार सिविर पदमार्गको प्रस्तान विन्दु समेत हो । पौवाभञ्याङमा हिमाल हेर्न खिच्न निस्किनेको उलेख्य संख्या देखिन्छ । मास्तीर सिलौटि उक्लिएर आर्कषक पूर्वी पहाड देख्न पाईन्छ । स्थानिय उत्पादन, खेतीपाती, डाँडाकाडा, हिमाली दृष्य, खानापान, रहनहन निक्कै आर्कषक देखिन्छ।

पौवा भञ्याङवाट देखिएको हिमाल, मेची राजमार्ग, सिलौटि, लोब्रेकुटि फुङसिन लगायतका पाँचथरका विभिन्न क्षेत्रबाट कैद भएका तश्विर ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App