coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गर्ने टेकबहादुरलाई जन्मकैद

सुर्खेत- जिल्ला अदालत सुर्खेतले श्रीमती हत्यामा संलग्न एक जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ। गुर्भाकोट–२ का टेकबहादुर कामीले भदौ २५ मा श्रीमती पञ्चकलीको हत्या गरेका थिए।

जिल्ला अदालका न्यायाधीश ध्रुवकुमार शाहको एकल इजलासले बुधबार कामीलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो। ‘पञ्चकलीलाई कर्तव्य गरेर हत्या गरेको देखिएकोले निज टेकबहादुर कामीलाई सर्वश्वसहित जन्मकैद गर्नु’ न्यायाधीश शाहको फैसलामा भनिएको छ।

भदौ २५ गते सल्यानको कालिमाटी मन्दिरमा बोको पूज्नका लागि श्रीमतीलाई लगेर गएका विकले गुर्भाकोट–२ को घारीखोलामा पुगेपछि पञ्चकलीको हत्या गरेका थिए। पछ्यौराले घाँटीमा बेरेर हत्या गरेपछि टेकबहादुरले घारीखोलाको उचाल ढुंगामा माटोले पुरेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । पञ्चकलीको हत्या लगत्तै पर्हरीले टेकबहादुरलाई पक्राउ गरेको थियो । छोरीको हत्या भएपछि आमा मंगलीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। 

 

प्रकाशित: २८ मंसिर २०७४ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App