८ वैशाख २०८१ शनिबार
समाज

झापाको भालुखोलामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

सुरुङ्गा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। 

मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१०च ९७१८ नं को मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो। भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन्। घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: २९ मंसिर २०७४ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App