coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाईसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्।

शुक्रवार धनगढीमा एमाले पार्टी कार्यालयमा निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले प्रधानमन्त्रीले पदबाट राजिनामा दिन ढिलाई गर्नु लोकतान्त्रिक संस्कृती विपरित भएको आरोप लगाए। ‘जनमत गुमाएर पनि प्रधानमन्त्रीले पदमा बरिरहने हो भने गलत लोकतान्त्रिक संस्कृतीको सुरुवात हुने छ ’उनले भने, उनले जनमत गुमाईसकेकाले तत्काल राजिनामा दिनुपर्छ ।’

जनमत गुमाईसकेर राजीनामा नदिई प्रधानमन्त्रीले दुरगामी प्रभाव पार्ने निर्णय गरिरहेको उनको भनाई छ। ‘जनमत गमाईसकेको अवस्थामा प्रधानमन्त्रीलाई दुरगामी निर्णय गर्ने नैतिक अधिकार छैन’उनले भने। समानुपातिकको मतपरिणाम आईसकेपछि सरकार निर्माण र पार्टी एकीकरणको कामको शुरुवात गरिने उनको भनाई छ। कार्यक्रममा माओवादी केन्द्रका नेता लेखराज भट्टले बिभिन्न हल्ला चलाईएपनि चुनावका क्रममा कार्यकर्ता तहमै भावनात्मक सम्बन्ध र निकटता भइसकेको उल्लेख गर्दै पार्टी एकीकरण कसैले रोक्न चाहेर पनि नरोकिने बताए।

प्रकाशित: २९ मंसिर २०७४ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App