४ वैशाख २०८१ मंगलबार
खेल

नेपाल-बंगलादेश फाइनलमा भिड्दै

काठमाडौं- प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन्। 

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने फाइनल खेलमा समूह चरणका दुबै खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदै छ। नेपालले शुक्रबार भारतलाई ६५ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको थियो।

नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको भारत निर्धारित १४ ओभरमा ७ विकेट गुमाई ८७ रनमा सिमित भएको थियो। भारतका ओपनर सौरभ मलिकले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

विष्णु कार्की र यमबहादुर श्रेष्ठले समान २–२ तथा विपिन पौडेल र राजु कटुवालले समान १–१ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर नवीन राईको अर्धशतक मद्दतमा निर्धारित १४ ओभरमा १ सय ५१ रनको योगफल तयार गरेको थियो । त्यस्तै राजु गुरुङले २९ र विपिनले अविजित २५ रन जोडे । भारतका अमित कुमार सिंह र ललित पाठकले समान २–२ विकेट लिए ।

पहिलो खेलमा बिहीबार नेपालले बंगलादेशलाइ हराएको थियो । त्यस्तै शुक्रबार सम्पन्न दोस्रो खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको छ । भारतले दिएको १ सय ६३ रनको लक्ष्य बंगलादेशले सहजै पूरा गरेको थियो । बंगलादेशका मोहम्मद मोसानले ४३ र मोहम्मद मेटुले २५ रनको योगदान गरे । 

यसअघि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको भारतले ७ विकेट गुमाई १ सय ६२ रनको योगफल खडा गरेको थियो । भारतका सौरभ मलिकले ६२ र ललित पाठक ३७ रन जोडे । समूह चरणका दुबै खेल हारेको भारत भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित: १ पुस २०७४ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App