४ वैशाख २०८१ मंगलबार
राजनीति

सकियो समानुपातिकको मतगणना

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ। 

त्यसैगरी  नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोश्रो बनेको छ । त्यस्तै माओवादीले १३ लाख ३ हजार ७२१  मत प्राप्त गर्दा राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन्।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन्। राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सिटको बाँडफाँड भने समानुपातिक निर्वाचनको अधिकृतको कार्यालयले यथाशिघ्र गर्ने छ।  

प्रकाशित: २ पुस २०७४ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App