४ वैशाख २०८१ मंगलबार
राजनीति

सर्लाहीमा राजपा पहिलो, कांग्रेस दोस्रो

सर्लाही- प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत सर्लाहीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत राजपाले प्राप्त गरेको छ। आईतबार दिउँसो सम्पन्न गणना अनुसार सर्लाहीमा प्रतिनिधि सभा र पदेश सभा दुवै तर्फ राजपाले अग्रस्थान हाँसिल गरेको हो।

राजपाले समानुपातिक तर्फ प्रतिनिधि सभामा ७२ हजार ५८५ तथा प्रदेशमा ६६ हजार ५१५ मत पाएको छ । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवं सदस्यहरु राजेन्द्र महतो र महेन्द्र रायको गृह जिल्ला सर्लाहीमा समानुपातिक तर्फ सबैभन्दा बढी मत बटुलेर शिर्ष नेताहरुको नाक जोगाएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ प्रतिनिधि सभामा २ तथा प्रदेश सभामा २ जना राजपाका उम्मेद्वार जित्न सफल भएका थिए।

त्यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ६२ हजार ७२१ र प्रदेशतर्फ ५५ हजार ५६५ मतजोड्दै दोस्रो स्थान ओगटेको छ। कांग्रेसले प्रत्यक्ष तर्फ क्षेत्र नं. ४ र उक्त क्षेत्रका दुवै प्रदेशमा जीत हाँसिल गरेको थियो । अन्य दलहरुले गठबन्धन गरेर प्रत्यक्षतर्फ क्षेत्र बाँडेको भए पनि कांग्रेसले ४ वटै प्रतिनिधि सभा एवं ८ प्रदेश सभामा उम्मेद्वार खडा गरेको थियो । कांग्रेसबाट ४ वटै प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ उम्मेद्वारले पाएको मतजोड्दा ८३ हजार ६५५ रहेको छ । प्रत्यक्षमा उम्मेद्वारले पाए सरह मत भए सर्लाहीमा समानुपातिक तर्फ पनि कांग्रेस नै पहिलो हुने थियो।

त्यसैगरी प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एउटा पनि उम्मेद्वार जिताउन नसकेको नेकपा एमालेले समानुपातिक तर्फ भने तेस्रो स्थानमा मतहाँसिल गरेको छ । २ वटा प्रदेश विधायकमा चित्त बुझाएको एमालेले समानुपातिक तर्फ भने प्रतिनिधिसभामा ३१ हजार ९१ र प्रदेशमा २९ हजार ३७३ मतपायो ।

प्रतिनिधि सभातर्फ २९ हजार ७६५ र प्रदेशतर्फ २७ हजार ४०६ मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्रले समानुपातिकमा चौथो स्थान हाँसिल गरेको छ । उसले प्रत्यक्षतर्फ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा एक जना उम्मेद्वार जिताउन सफल भएको थियो।

त्यसैगरी एक समय मधेशको ठूलो शक्तिको रुपमा स्थापित भएको संघीय समाजवादी फोरम समानुपातिक मतमा पाँचौ स्थानमा सिमित रह्यो । प्रत्यक्ष तर्फ प्रदेश सभामा २ जना विधायक जिताउन सफल फोरमले समानुपातिकमा भने प्रतिनिधिसभातर्फ १६ हजार ६५६ र प्रदेशतर्फ १७ हजार ४५८ मतपाएको छ।

प्रकाशित: २ पुस २०७४ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App