७ वैशाख २०८१ शुक्रबार
खेल

आजदेखि एभरेस्ट प्रिमियर लिग

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सोमबार हुने उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्ल र काठमाडौं किङ्स ११ का कप्तान फारभेज माहरुफ दुवैले विजयी सुरुआत गर्ने बताएका छन् ।
दुवै टोलीका कप्तानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुुने प्रतियोगिताको पहिलो खेल महŒवपूर्ण हुने भएकाले विजयी सुरुआत गर्न चाहेको बताएका छन् । ललितपुरका कप्तान ज्ञानेन्द्रले छोटो अवधिमा पनि तयारी राम्रो भएकाले विजयी सुरुआत गर्ने विश्वास व्यक्त गरे ।
‘राष्ट्रिय टोलीको जिम्मेवारीका कारण सुरुबाटै सबै खेलाडी अभ्यासमा उपलब्ध हुन सकेनन् । तर छोटो समयमा पनि हामीले राम्रो तयारी भएको छ,’ ललितपुरका कप्तान ज्ञानेन्द्रले उद्घाटन खेलबारे थपे, ‘प्रतियोगितामा सबै टोली उत्तिकै बलिया छन् । कुनै पनि टोलीलाई जित सहज हुनेछैन । काठमाडौं पनि बलियो टोली हो । माहरुफको अनुभवले टोलीलाई थप मजबुत बनाएको छ । टोलीका लागि पहिलो खेल सधंै महŒवपूर्ण हुन्छ । त्यसैले हामी भोलि विजयी सुरुआत गर्नेमा विश्वस्त छौं ।’
काठमाडौंले अनुबन्धन गरेको ३३ वर्षे अलराउन्डर माहरुफले श्रीलंकाबाट २२ टेस्ट खेलिसकेका छन् । दायाँहाते ब्याट्सम्यान माहरुफले १ सय ९ एकदिवसीय र ८ ट्वान्टी–२० प्रतियोगिता खेलिसकेका छन् । काठमाडौंको कप्तानी सम्हालेका माहरुफले पनि प्रतियोगिताको पहिलो सधैं महŒवपूर्ण हुने बताए ।
‘म पहिलो पटक नेपाल आएको हुँ । यहाँ आएर मैले टोलीसँग अभ्यास थालिसकेका छु । टोलीमा यूवा खेलाडीको वर्चस्व रहेको छ । उनीहरू जितका लािग आतुर छन्,’ काठमाडौंका कप्तान माहरुफले भने, ‘मैले टोलीमा जुन उत्साह देखेको छु । त्यसबाट हामी प्रतियोगितामा राम्रो सुरुआत गर्न सक्छौं भन्नेमा म विश्वस्त छु ।’
माहरुफबाहेक अक्षय फर्नान्डेज र सागर कुमार काठमाडौंले अनुबन्धन अन्य विदेशी खेलाडी हुन् । फर्नान्डेज श्रीलंकन खेलाडी हुन् भने सागर भारतका खेलाडी हुन् । सोमपाल कामी मार्की प्लेयर रहेको काठमाडौंमा सागर पुन, सिद्धान्त लोहनी, नरेश बुढाऐर, जितेन्द्र मुखिया, राजु रिजाल, सुशील कँडेलजस्ता खेलाडी रहेका छन् ।
ललितपुरले विदेशी खेलाडी सुबोध भाटी, योगेश नागर र जयकिशन कोल्सावललाई अनुबन्धन गरेको छ । ललितपुरमा मेहबुब आलम, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, रसिद खान, पवन सर्राफ, सोनु तामाङजस्ता खेलाडी रहेका छन् ।
पुस १५ गतेसम्म चल्ले प्रयितोगितामा ललितपुर र काठमाडौंबाहेक विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटोर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित: ३ पुस २०७४ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App