८ वैशाख २०८१ शनिबार
समाज

देशभर अधितकम र न्यूनतम तापक्रम घट्ने क्रम जारी

काठमाडौं- मौसम पूवार्नुमान महाशाखाले हुस्सुका कारण पूर्वदेखि पश्चिम तराईका जिल्लाहरूमा चिसो बढेको बताएको छ । हुस्सुले गर्दा बिहानैदेखि घाम नलागेपछि तराईका जिल्लाहरूको अधिकतम र न्यूनतम तापक्रम विस्तारै घटिरहेको छ ।

विराटनगर, जनकपुर र सिमरामा अधिकतम तात्रफम घटिरहेको छ भने नेपालगन्ज, विरेन्द्रनगर (सुर्खेत) र धनगढीमा न्यूनतम तापक्रम घटिरेहेको छ । पूर्वदेखि पश्चिम तराईका नेपाल–भारत सीमा क्षेत्र हुस्सुबाट बढी प्रभावित भइरहेको छ ।

‘हुस्सुले गर्दा अधिकतम र न्यूनतम तापक्रम घटिरहेको छ,’ महाशाखाकी मौसमविद् शान्ती क“डेलले भनिन् । उनका अनुसार यो क्रम दुई दिनसम्म जारी रहन्छ । भारत र नेपालको सीमा क्षेत्रमा सबैभन्दा बढी मौसम खराब छ । ‘मध्य भारतमा उच्च चापीय रेखा भएकाले त्यसको प्रभाव नेपालमा परेको हो,’ क“डेलले भनिन् ।
उनका अनुसार तराईका सीमा क्षेत्रमा सा“झपख मात्र आकास सफा भइरहेको छ । दिनभर हुस्सु लागिरहेको छ । ‘घाम नलागेकाले अधिकतम र न्यूनतम तापक्रम पनि दुई÷तीन डिग्री सेल्सियसले घटिरहेको छ,’ क“डेलले भनिन् ।
क“डेलले हावामा धुलोका कण मिसिएकाले हुस्सु लागिरहेको बताइन् । ‘पानीका कणयुक्त हावामा धुलोका कणहरू भएकाले हुस्सु नलाग्ने र आकास सफा हुने क्रम बढेको छ’, उनी भन्छिन्, ‘तर तत्काललाई शितलहरको संभावना देखिँदैन ।’ क“डेलका अनुसार यो क्रम दुई दिनसम्म निरन्तर रहन्छ । मौसमको अन्य बाहिरी विकास क्रम देखिएको छैन ।
पूर्वी तराईका जिल्लाहरूमा भन्दा पश्चिम तराईमा चिसो बढ्ने संभावना रहेको उनले बताइन् । कञ्चनपुर, कैलाली, बर्दिया, बा“केका सीमा क्षेत्रमा हुस्सुको सबैभन्दा बढी प्रभाव छ ।
महाशाखाको चार दिन यताको तथ्यांक केलाउँदा बिराटनगर, जनकपुर र सिमरामा न्यूनतम तापक्रमभन्दा अधिकतम तापक्रम नियमित रूपमा दुई÷तीन डिग्री सेल्सियसले घटिरहेको छ । नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीको शुक्रबारदेखिको न्यूनतम तापक्रम नियमित रूपमा घटिरहेको छ । ‘यसको कारण हुस्सु नै हो’, क“डेल भन्छिन्, ‘दुई÷तीनदेखि राम्ररी घाम लागिरहेको छैन । बिहानै बाक्लो हुस्सु लाग्छ र सा“झपख मात्र आकास सफा हुन्छ ।’
काठमाडौंको शुक्रबारको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो । तीन दिन यता यो घटेर ३ डिग्री सेल्सियस भएको छ । अधिकतम तापक्रम तीन दिन यता १.५ डिग्री सेल्सियस घटेको पाइन्छ । ‘देशभरको तापक्रम घट्ने क्रममा छ । काठमाडौंको पनि एक डिग्री घट्न सक्छ,’ क“डेलले भनिन्, ‘चिसो त बढ्छ नै ।’
जल तथा मौसम विज्ञानअन्र्तगतका १६ वटा मौसम केन्द्रहरूको तथ्यांक हेर्दा जुम्ला, जिरी र जोमसोमपछि सबैभन्दा चिसो काठमाडौंमा छ । यहा“को न्यूनतम तापक्रम शनिबार २.८ डिग्री सेल्सियसमा झरेको थियो । आइतबार तीन डिग्री सेल्सियस पुग्यो । जुम्ला र जिरीको न्यूनतम तापक्रम माइनसमा छ भने जोमसोमको तापक्रम एक डिग्री सेल्सियसको हाराहारीमा छ ।

प्रकाशित: ३ पुस २०७४ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App