८ वैशाख २०८१ शनिबार
राजनीति

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति

काठमाडौं- स्वास्थ्यमन्त्री दिपक बोहोराले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट स्वीकृति नलिईकनै भएका भवन निर्माणको छानविन प्रतिवेदनमा छलफल गर्न सिनेट बोलाउँदा पदाधिकारी बिदामा बसेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री बोहोराले प्रतिष्ठानको नियामअनुसार कुनै पनि निर्माण गर्दा पूर्वस्वीकृति लिनुपर्नेमा नलिइएको पाइएको बताएका हुन् । बोहोराका अनुसार कत्तिक ३० गते सिनेट बैठक बसेको र सो बैठकमा प्रतिष्ठानले २ अर्ब ८० करोड बराबरको ४ वटा भवन स्वीकृतबिनै बनाएको पाइएपछि बैठक स्थगित गरेर छानबिन थालिएको थियो ।
बोहराका अनुसार स्वास्थ्य सचिवको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बनाएको र समितिको प्रतिवेदनका आधारमा सोही बैठक पुनः बोलाउँदा पदाधिकारी उपलब्ध नभएका हुन् । ‘छानविन समिति बनाएपछि गत शुक्रबार बैठक राख्न पत्राचार भएको थियो तर उपकुलपति र रजिष्ट्रार दुवै बिदामा हुनुहुन्छ,’ उनले भने ।
मन्त्री बोहोराले आफूले शुक्रबार बैठक राख्न खोज्दा २५ गते नै उपकुलपति डा. राजकुमार रौनियार सोही समय नेपाल मेडिकल काउन्सिलको कामको सिलसिलामा काठमाडौं काजमा आएको र काज सकिएपछि घरायसी बिदामा बसेका थिए । रजिष्ट्रार कुलबहादुर श्रेष्ठलाई भने मातृशोक परेकोले बिदामा बसेको समेत मन्त्रीले बताए । उनले दुवै पदाधिकारीको समय मिलाएर आगामी १२ गतेका लागि सिनेट बोलाएको समेत जानकारी दिए ।
उनले छानबिन प्रतिवेदन सिनेटमा छलफल गरेर सो आधारमा पदाधिकारीमाथि कारबाहीसमेत हुनसक्ने बताए । ‘सिनेटबाट स्वीकृत नभएको कार्यक्रमलाई सिनेटले जान्दैन,’ उनले भने, ‘मैले एउटा मन्त्रीको रूपमा देखिएको समस्या हल गर्न खोजेको मात्रै हुँ,’ बोहोरले भने, ‘मेरो कुनै अनियमितता गरेको छैन ।’

प्रकाशित: ३ पुस २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App