७ वैशाख २०८१ शुक्रबार
समाज

बस र ट्याक्टर जुध्दा १४ घाइते

कोहलपुर–पूर्वपश्चिम राजमार्गको महादेवपुरीमा यात्रु बस र ट्याक्टर ठोक्किँदा १४ जना घाइते भएका छन्। काठमाडौंबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख २५९१ नम्बरकोे रात्री बस र वैजापुरबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ त ५८१६ नम्बरको ट्याक्टर महादेवपुरी–७ जंगलमा एकआपसमा ठोक्किएका हुन्।

आइताबर विहान भएको दुर्घटनामा ट्याक्टरमा सवार १३ र बसका सवार एक जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। १४ जना घाइते मध्ये टाउकोमा चोट लागेका ट्याक्टरमा सवार बैजापुरका राजकुमार थारु गम्भीर घाइते छन्। घाइते सबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

 

प्रकाशित: २३ श्रावण २०७३ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App