१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कक्षा १२ को विज्ञान शंकायतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं- सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमति तर्फ कुल ४० हजार ६ सय तीन सहभागिता रहेकोमा २९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीण भएका छन्।

परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार  यस वर्ष ७३.७७ प्रतिशत विद्यार्थी पास भएका हुन् । जुन गत वर्षको भन्दा २.१२ प्रतिशतले बढी हो । गत वर्ष विज्ञान संकायमा ७१ .६५ प्रतिशत मात्र विद्यार्थी पास भएका थिए ।

यसैगरी आंशिक तर्फ ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिक तर्फ ९ हजार ७ सय ८१ विद्यार्थी सहभागि रहेकोम ४ हजार ४ सय १४ उत्तीर्ण भएका हुन् ।

आइतबार साँझ शिक्षा सचिव डिल्लीराम रिमालको अध्यक्षतामा बसेको परीक्षा संचालक समीतिको बैठकले नतिजा सार्वजनिक गरेको हो । ‘बाकी रहेको ब्यवस्थापन,शिक्षा र मानविकी संकायमो नतिजा परीक्षा बोर्डले भदौं १५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ,’नियन्त्रक अर्यालले भने‘त्यही अनुसार हामी सबै लागि परेका छौं। ’

प्रकाशित: २३ श्रावण २०७३ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App