८ वैशाख २०८१ शनिबार
समाज

यात्रु लाइन लगाउने ट्राफिक अभियान

काठमाडौं- कार्यालय सुरु हुने र छुट्ने समयमा सधैं यात्रुको ठेलमठेल हुने बस स्टेशन बिहीबार भने शान्त र शालिन देखिए ।  यात्रुहरू सडकपेटीमा लाइनमा उभिरहेका थिए, ट्राफिकको हात–हातमा प्लेकार्ड लिएर उभिएका थिए । केही ट्राफिक माइकिङ गरिरहेका थिए – लाइनमा बसेर सवारी साधन चढौं, सभ्य यात्रु बनौं, आफ्नो स्टेशनमा बसेर यात्रा गरौं ।
दर्जनौं प्रहरीहरू यात्रुलाई लाइनमा राख्न व्यस्त देखिन्थे । यो दृष्य कुनै विशेष कार्यक्रम हुन लागेजस्तै भान पथ्र्यो । यो दृश्य केही नभएर आरएनसी बस स्टेसनको । पुसको पहिलो सातादेखि ट्राफिक आफैंले लाइनमा राखेर बस चढाउन थालेपछि बस स्टेशन शान्त देखिन थालेको हो । दिनहुँ शास्तीले बस चढ्ने यात्रुहरू पनि शालिन देखिए ।
बिहीबार साँझ लाइनमै बसेर बस पर्खिरहका थिए सामखुसीका चन्द्रा र सावित्री बडुवाल । यी दुवैले लाइनमा पालो पर्खेर बस चढ्ने व्यवस्था सबैको लागि राम्रो भएको बताए । ‘भर्खरै पालो आएको छ, लाइनमा बसेर चढ्दा घचेटिनु परेको छैन,’ सावित्रीले बडुवालले भनिन् । यो चलन सधैंका लागि भइदिए याुत्रले शास्ती झेल्नुनपर्ने उनीहरूले सुझाए ।
आरएनएसी स्टेशनकै लाइनमा भेटिए चन्द्र अविरल र राजन बागदोष । यी दुवैले सुन्धारा स्वयम्भू रुटको बस पर्खिरहेका थिए । पालो आउनेबित्तिकै ट्राफिकले उनीहरूलाई माइक्रो चढ्न बोलाए । ‘लाइनबस्ने सिस्टमले यात्रुलाई सजिलो भएको छ,’ चन्द्र अविरलले भने । ‘पहिला लाइन नहुँदा अप्ठेरो थियो, पहिलाभन्दा अहिले सजिलो,’ राजन बागदोषले भने ।
यात्रुलाई बिस्तारै चढाउन पाउँदा आपूmलाई पनि सजिलो भएको सुन्धारा खरिवोट रुटका सह–चालक दीपक दुलालले सुनाए । ‘यात्रुले सजिलै बस चढ्न पाएका छन् नै पालो पनि नियमअनुसार आउँछ,’ सहचालक दुलालले भने । ट्राफिकले यो अभियान चलाएपछि यात्रुहरू समयमै गन्तव्य पुग्न थालेको आरएनएसी स्टेसनमा भेटिएका प्रहरी एसपी डम्बर बिकले बताए । ‘यसअघि बलियाहरू मात्र  पहिला सवारी साधन चढ्न सक्थे, अहिले त्यस्तो छैन,’ उनले भने । यात्रुमध्ये पनि अपांगता भएका, बिरामी, वृद्धा र महिलालाई प्राथमिकता दिएर चढाइदिने गरेको विकले बताए ।
ट्राफिकले उपत्यकाको बालाजु, पुरानो बसपार्क, भृकुटीमण्डप, आरएनएसी, रानीपोखरी, चाहविल, कुपण्डोल, महाराजगन्ज, कोटेश्वर, भक्तपुरको थिमी लगायतका दश  स्थानमा यो अभियान चलाएको जनाएको छ । ‘अब स्टेशन नभएका ठाउँमा यात्रु चढाउन पाउने छैनन्, स्टेसनमा यात्रु चढाउन ट्राफिकले सहयोग गर्छ,’ एसपी विकले भने । यो अभियानका लागि उपत्यकाका १४ सय ट्राफिक प्रहरी सहित ३ सय ९० जना स्काउटका विद्यार्थी खटिएको ट्राफिकले जनाएको छ । स्काउटका विद्यार्थी बिहानको कार्यालय समयमा र ट्राफिक बेलुकी सडकमा खटेका छन् ।
यो अभियान सफल पार्नको लागि सवारी साधनको अभाव हुन नदिने बीचबीचमा ट्राफिकले जाम खुलाएर अभियानलाई सहज पारेको विकले बताए । विकका अनुसार व्यस्त समयमा पनि छिटो सेवा दिनको लागि सवारी साधन थप्न यातायात व्यवसायी समितिसँग छलफल भइसकेको छ ।
यात्रुलाई सभ्य रूपमा सार्वजनिक यातायातको प्रयोग गर्न सिकाउन यो अभियान थालनी गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । ‘अन्य सरकारी सेवाहरू पालोमै लिने व्यवस्था भइसकेको बेला सार्वजनिक यातायातमा पालोको चलन बसाउन खोजेको हो,’ महानगरीय ट्राफिक महाशाखाका एसपी डम्बर विकले भने ।
यात्रु र चालक दुवैलाई सभ्य बन्ने बानी बसाल्नकै लागि ट्राफिक सडकमा खटेको विकले बताए । ‘यो अभियानमा हामीले सबैको सहयोग पाएका छौं, यो कार्यक्रम दिगो बन्छ,’ उनले भने । विकसित देशका सार्वजनिक यातायात पनि लाइनमा बसेर मात्र चढ्न पाउने व्यवस्था रहेकाले यो नेपालमा पनि सान्र्दिभक भएको उनले बताए । ‘पहिला आउनेलाई पहिलो सेवा दिने चलन हो,’ उनले भने । सार्वजनिक यातयातलाई थप प्रभावकारी बनाउन भने उपत्यकाको सडकसहित सम्पूर्ण सवारी साधन व्यवस्थापनमा परिवर्तन आउनुपर्ने ट्राफिकले जनाएको छ ।

प्रकाशित: ७ पुस २०७४ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App