काठमाडौं- राजधानीको कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैंले गोली हानेका छन्। प्रहरीका अनुसार कालिमाटी, धामकमार्ग बस्ने ६३ वर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी हेमकुमार थापाका अनुसार आइतबार अपराह्न प्रहरीले ढोकाभित्रबाट बन्द रहेको अवस्थामा बाथरुमबाट शेरचनको शव बरामद गरेको हो। उनका अनुसार घरमै रहेको अनुमतिप्राप्त हतियारसमेत बाथरुममा फेला परेको छ। शेरचनले टु–टु राइफलले आफ्नो छातीमा गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कालिमाटी वृत्तले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २४ श्रावण २०७३ ०३:१३ सोमबार