४ वैशाख २०८१ मंगलबार
समाज

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू

प्रहरीको गोली लागेर मृत्यू भएका म्यादी प्रहरी विवेक ऐरी। तस्बिर: नागरिक

कालिकोट- प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्। प्रदर्शनले उग्ररुप लिन लाएको भन्दै स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रदर्शनलाई साम्य पार्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा टायरबालेर प्रदर्शन गरेका छन्।

तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले शुक्रबार आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।

यसैबीच घटना घटेपछि ६ नम्बर प्रदेशका क्षेत्रिय प्रशासक सुरेशकुमार प्रधान कालिकोट आइपुगेका छन्। विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐरीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

 

प्रकाशित: ८ पुस २०७४ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App